सागर संगम ठाकुर,
रौतहट भदौ २५ गते।
रौतहटको धरहरीमा प्रसुतिगृह निर्माण हुने भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका-९ धरहरीमा वडा अध्यक्ष बिर बहादुर साहको अध्यक्षतामा नगर प्रमुख प्रेमलाल साहले प्रसुती गृह निर्माणको लागि शनिबार गाउले संग छलफल गरेका हुन ।
जय किसान बहुमुखी क्यापसको प्राङ्घणमा शनिबार बसेको बिभिन्न पार्टीका प्रतिनिधी स्थानियबासीहरुको बैठकबाट नगर प्रमुख प्रेमलाल साह छलफल गर्नु भएकाे हाे ।
धरहरीमा प्रसुतिगृह नहुदा याहाका महिलाहरुलाई प्रसुति सेवा लिन बाहिर जानु पर्ने बाध्यता रहेको भन्दै नगर प्रमुख साहले अब गाउमैं प्रसुतिगृह बनाउने बताउनु भयो ।
अहिलेको अवस्थामा गर्भवती महिलाहरुको लागि प्रसुती गृह नहुदा यहाँका प्राय जसो महिलाहरु आफनो ज्यान जोखिममा पारेर घरमै बच्चा जन्माउने गरेको साहले बताए ।
महिलाको पिडालाई ध्यानमा राखेर नगर प्रमुख साहले अब गाउमै प्रसुतिगृह बनाउने बताउनु भयो । मेयर साहको यो सराहण्यि निर्णयलाई सुनेर स्थानियहरु खुशी हुदै खुलेरनै प्रसंसा गरेका थिए ।
वडा स्तरीय छलफलमा जय किसान बहुमुखी क्याम्पसका प्रमुख राजकिशोर प्रसाद यादव पुर्व गाबिस अध्यक्ष धर्मेन्द्र कुमार गुप्ता, वडा अध्यक्ष प्रत्यासी रामचन्द्र राय यादव,एमालेका नेता रामबिनोध साह,राजेश साह,शिक्षक पवन पंडित, जसपाका नन्दकिशोर यादव,वडा सदस्य खुबलाल दास,गौरी शंकर पंडित, लगाएत विभिन्न पार्टीका प्रतिनिधि सहित करिब सयौंको संख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो ।