रौशन कुमार चौधरी ।
२८ भदौ, रौतहट ।
कटहरिया नगरपालिका पिपूूल ईन निड र आत्मनिर्भर केन्दको सहकार्य तथा बेलायत सरकारको सहयोगमा कटहरिया नगरपालिका वडा नं. १ भसेढवा लाल बकैयाँ खोलामा बाढि वृहत कृतिम घटना अभ्यास सु सम्पन भएको छ ।
रौतहट स्थित सशस्त्र प्रहरी तथा कटहरिया बिपत जोखीमा रहेको समुदायहरु र नेपाल रेडक्रससोसाइटी बिशेष सकृयतामा सो कार्यक्र सम्पन भएको छ ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहट, सशस्त्र प्रहरी बल,नेपाली सेना, नेपाल रेडक्रससोसाइटी विपद व्यास्थान पालिका पिपुुल निडका विपद बिग्यहरु उपस्थिती रहेको थियो ।
वर्षातको समयमा हुन सक्ने बाढी, डुवान लगायत बाढी र डुवान मार्फत हराएका व्यक्तिहरुको सफलता पुर्वक खोजी तथा उद्धार गरी विपदको समयमा हुन सक्ने जोखिम तथा क्षतिलाई न्यूनिकरण गरी सम्पुर्ण सुरक्षा निकायहरुको समन्वयमा तत्काल विपद प्रतिकार्य योजना बमोजिम उद्धार लगायतका कार्यहरु गर्नका लागि Water Rescue, under Water Rescue, Upper Water Rescue अभ्यास प्रदर्शन गरिएको थियो ।
Wartmankal Dainik
कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकाको उपप्रमुख रिता देवि ,प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर साही,जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगर,प्रमुख सेनानी गंगा बहादुरविष्ट, शस्त्र प्रहरीका एसपी ध्रुवकुमार कार्की,प्रहरी निरिक्षक उमेश ढकाल,जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु,जिल्ला समन्वय समितिको सभापति रामअयोध्या यादव, नगरपालिकाका वडा १ वडा अध्यक्ष भुपेन्द्र महतो , समाजसेवि युवा नेता जवाहरलाल यादव विभिन्न सरकारी कार्यालयका पदाधिकारी, संचारकर्मी, विभिन्न विद्यालयका प्रधानध्यापक, विद्यार्थी, सर्वसाधारण समेतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन दिपेन्द्र ठाकुर गरेको थियो । विपद व्यवस्थापन अन्तर्गत बिपदको समयमा खोजी तथा उद्धार कार्यको संयुक्त अभ्यास कार्यक्रम प्रदर्शनी गरिएको थियो ।