रौशन चौधरी ।
रौतहट । भदौ २९ गते ।
रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले हिलोका कारण आवतजावतमा निकै कठिनाई हुँदै आएको कटहरिया पुलदेखी गम्हरीया सडकखण्डमा आज मिस ग्रेवल राखी सो बाटो सुचारु गराएका छन् ।
कटहरिया गम्हरीया सडकखण्डको लालबकैया नदिको पुलबाट करिव एक सय मिटर पश्चिमदेखी बाँधसम्म वर्षाले बाटो विग्रेर हिलामय भएका कारण विगत केहीदिन देखी सर्वसाधारणलाई सो बाटो भएर आवतजावत गर्न निकै कठिनाई हुँदै आएको थियो ।
बाटो विग्रिएको कारण सर्वसाधारण नागरिक जोखिम मोलेर यात्रा गरिरहेको गुनासो आएपछि कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले आज मिस ग्रेवल राखेर उक्त बाटो पुर्ण रुपमा सुचारु गराएका छन ।
कटहरिया,गरुडा आसपासका दर्जनभन्दा बढी गाउँका मानिस कलैया बिरगञ्जसम्म जाने कटहरिया पुलकै बाटो प्रयोग गर्दै आएका छन । तर ठुलठुला खाल्डाखुल्डी र हिलोका कारण उक्त बाटो नै अवरुद्ध जस्तो भएपछि सो क्षेत्रका हजारौं मानिसलाई कलैया बिरगञ्ज आउनजान गर्न निकै समस्या हुँदै आएको थियो ।
बाटो विग्रिएर सर्वसाधारणलाई सो बाटो भएर आवत जावत गर्न निकै समस्या भइरहेको देखेर मेयर जयसवालले आज ग्रेवल राखेर मर्मत सम्भार गरेपछि बाटो पहिलाको अवस्थामा सुचारु भएको छ जस्का कारण सर्वसधारणलाई आजदेखी आवत जावत गर्न निकै सहज भएको छ ।
कटहरियाका मेयर जयसवालले जिर्ण अवस्थामा पुगेको बाटोलाई मर्मत सम्भार गरी सुचारु गराएको भनी स्थानीयहरुले मेयर जयसवालको खुलेर प्रशंसा गर्न थालेका छन ।