भदौ २९ गते, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाको छैठौं नगरसभा बुधवार भव्याताका साथ सम्पन्न भएको छ । फतुवा विजयपुर नगर कार्यपालिकाको कार्यालय विजयपुर लक्ष्मीनीयाको सभाकक्षमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको छैठौं नगरसभा सभ्य एवं भव्य रुपमा सम्पन्न भएको हो । सरकारले तोके अनुसार सबै पालिकाले असाढ मसान्तमै नगर परिषद गरिसक्नुपथ्र्यो तर विभिन्न कारणले हुन नसकेको फतुवा विजयपुर नगरपालिकाको ६ औं नगरसभा दुई महिना ढिलो गरी बुधवार मात्र सम्पन्न भएको हो । नगरपालिकाको रकम हिनामिना गरेको आरोपमा नगरपालिकाका मेयर गोपाल यादव निलम्बित भएपछि कार्यबाहक नगर प्रमुख अम्बया खातुनको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७९÷०८० मा नगरको समग्र विकासका लागि ४९ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि फतुवा विजयपुर नगरपालिकाले आफना छैठौं नगरसभाबाट ४९ करोड ४९ लाख ९९ हजार रुपैयाँ बजेट पारित गरेको छ । कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले चालु आर्थिक वर्षको लागि संघीय र वितिय वित्तिय समानीकरण, शशर्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय लगाएतको गरी सो रकम प्रस्तुत गरेका हुन । यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको प्रशासकीय अधिकृत यादवले बताए । संघियताको कार्यान्वयन गर्दै नगरवासीलाई स्थानीय सरकारको प्रत्याभुति दिलाउने, प्रकोप व्यवस्थापन गर्ने, विकास सुशासनको प्रत्याभुति दिलाउने, कृषि, पशु, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईमा विशेष लगानी गर्ने, रोजगारीको अवसर श्रृजना गरी युवालाई विदेश प्लायन हुनबाट रोक्ने, पर्यटन प्रवद्र्धनका आयोजनाहरुको पहिचान र कार्यान्वयनमा तिव्रता दिने, सडक एवं अन्य भौतिक पूर्वाधार निर्माण कार्यको स्तरउन्नती गर्ने लगाएत कार्यलाई नगरपालिकाले आफना निती तथा कार्यक्रममा विशेष प्राथमिकता दिएको कुरा उल्लेख छ ।
फतुवा विजयपुर नगरपालिकाले छैठौं नगरसभा सम्पन्न, ४९ करोडको बजेट पारित
2 Min Read