भदौ २९ गते रौतहट । रौतहटको कटहरिया नगरपालिकामा बुधबार वडा स्तरीय जनप्रनिधिलाई भूमि सम्बन्धी नियम कानुन बारे एकदिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । बेलायत सरकारको सहयोग तथा दिगो समाज र कटहरिया नगरपालिकाको सहकार्यमा सञ्चालन भएको उक्त एकदिने गोष्ठी कटहरिया नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । कटहरिया नगरपालिका वडा नं ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । यस नगरपालिका भित्र रहेका सुकुम्बासी तथा भूमिहिन व्यक्तिहरुलाई जग्गाको व्यवस्थापन गर्ने उद्देश्यका साथ उक्त गोष्ठीको आयोजना गरिएको थियो । वर्षौदेखी आफनो जग्गा नभएर एलानी जग्गामा बसोबास गर्दै आएका भूमिहिन तथा सुकुम्बासी व्यक्तिहरुलाई उचित जग्गाको व्यवस्थापन गरी उनिहरुलाई लालपुर्जा दिने बारेमा गोष्ठीमा छलफल भएको बताइएको छ ।