रौशन चौधरी । भदौ ३० गते ।
रौतहटको गरुडा बजारको मूल चौकमा रहेको मेथुर पार्कमा बुधवारका दिन भएको शिलान्यास टाबर लाइटको विषयमा दुई पक्षबिच विवाद बढेको छ । गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जयसवाल बुधवार शिलान्यास गरेको टाबर लाइट बाट मेथुर चौधरीको सालिकमा खतरा हुन्छ भनेर उपमेयर पुनम कुमारी चौधरी र वडाध्यक्ष सुनिल कुमार जयसवाल पक्षका स्थानिय वासिले टाबर लाइटको विरोध प्रदर्शन गरेको थियो । विरोध गर्ने उपमेयर र वडाध्यक्षको भनाइ छ कि टाबर बनाउनाले मेथुर चौधरीको सालिकमा क्षति हुनेछ । चौधरी समर्थकहरूले सालिकको कम्पाउन्ड बाहिर बनाउनको लागि जोर दिइएको छ । नगर प्रमुख जयसवालको पक्षका समर्थकहरूले जसरी भएपनि शिलान्यास भएको ठाउमा नै टाबर लाइट बनाउनको लागि जोड दिईरहेको छ । दुवै पक्षमा समन्वय नहुँदा विवाद बढ्दै गइरहेको छ । दुुबै पक्ष आफ्नो अडानको कारणले तनाव भएको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीहरूले दिनभरी तैनाथ रहेको थियो । दुबै पक्षको बिच तनाव नहुनकोलागि दिनभरी दुवै पक्षलाई एक आपस बाट हटाएर राखेको थियो ।