बानेश्वर क्षेत्रमा महानगरको डोजर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ भाद्र ३१, शुक्रबार (३ साल अघि)
  • ४ पटक पढिएको
बानेश्वर क्षेत्रमा महानगरको डोजर

राजधानीको बानेश्वर क्षेत्रमा बनेका केही संरचनामा काठमाडौं महानगरपालिकाले शुक्रवार डोजर चलाएको छ । महानगरपालिकाले कानुन विपरीत बनाइएका संरचना डोजर चलाएर हटाएको हो ।
जसअनुसार नयाँ बानेश्वर चोकस्थित सूर्य उजेली भवनमा रहेको अवैधानिक संरचना भत्काइएको महानगरपालिकाले जनाएको छ। यस्तै नेश्वर चोकको आकाशे पुल आसपासका पसल पनि कटाइएको छ । महानगरपालिकाले यसअघि दर्जनौँ स्थानका अवैध संरचना हटाइसकेको छ ।
महानगरपालिका मेयर बालेन शाहलगायतका जनप्रतिनिधिको सक्रियतामा अवैध संरचना हटाउन थालिएको हो । यस्तै महानगरपालिकाले टुकुचामाथि बनेका अवैध संरचना हटाउन पनि चासो दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस