नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी)मा भर्ना खोलेको छ । सेनाले लोकसेवा आयोगको सहमतिमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट २ सय २९ सेनानी पदका लागि दरखास्त आव्हान गरेको हो ।
जसमध्ये खुलातर्फ १ सय १७ सिट रहेको छ । महिलातर्फ २२, आदिवासी, जनजातीतर्फ ३०, मधेसीतर्फ २८, दलिततर्फ १४ र पिछडिएका क्षेत्रतर्फ ७ सिट रहेको छ । बाँकी ११ सिट सैनिक तालिम वा कर्तव्य पालनाको क्रममा शारिरिक रुपमा अशक्त ज्यान गुमाएका सेनाका सन्ततीका लागि छुट्याइएको छ ।
भर्नाका लागि विभिन्न ८ ठाउँबाट दरखास्त दिन सकिने सेनाले जनाएको छ। आजदेखि ३० असोजसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ ।