नेपाली सेनामा २२९ सहायक सेनानी पदका लागि भर्ना खुला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ भाद्र ३१, शुक्रबार (३ साल अघि)
  • ६ पटक पढिएको
नेपाली सेनामा २२९ सहायक सेनानी पदका लागि भर्ना खुला

नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी)मा भर्ना खोलेको छ । सेनाले लोकसेवा आयोगको सहमतिमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट २ सय २९ सेनानी पदका लागि दरखास्त आव्हान गरेको हो ।

जसमध्ये खुलातर्फ १ सय  १७ सिट रहेको छ । महिलातर्फ २२, आदिवासी, जनजातीतर्फ ३०, मधेसीतर्फ २८, दलिततर्फ १४ र पिछडिएका क्षेत्रतर्फ ७ सिट रहेको छ । बाँकी ११ सिट सैनिक तालिम वा कर्तव्य पालनाको क्रममा शारिरिक रुपमा अशक्त ज्यान गुमाएका सेनाका सन्ततीका लागि छुट्याइएको छ ।

भर्नाका लागि विभिन्न ८ ठाउँबाट दरखास्त दिन सकिने सेनाले जनाएको  छ। आजदेखि ३० असोजसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस