गठबन्धनको सिट बाँडफाँट मधेश प्रदेशमा सबैभन्दा गाह्रो, पर्सामा सहमतीको सकस

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन १, शनिबार (३ साल अघि)
  • ६ पटक पढिएको
गठबन्धनको सिट बाँडफाँट मधेश प्रदेशमा सबैभन्दा गाह्रो, पर्सामा सहमतीको सकस

गठबन्धनको लागि सिट बाँडफाँटमा सबैभन्दा गाह्रो मधेश प्रदेशका जिल्लामा देखिएको छ । पर्सा, बारासहितका मधेश प्रदेशका जिल्लाहरुमा तीन दलकै दाबी कायम हुँदा सहमति जुट्न सकेको छैन । 

पर्सा जिल्लामा अँझैसम्म पनि कुनै सहमति जुट्न सकेको छैन । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एक–एक सिट पाउनुपर्ने मत राखेका छन् भने जसपा र कांग्रेस आफ्नो अडानबाट पछि हटेका छैनन् । जसपाले चारवटै क्षेत्रमा दाबी गर्दा नेपाली कांग्रेसले भने क्षेत्र नम्बर १, २ र ४ मा दाबी गरेका छन् ।

बारामा भने २ वटा क्षेत्रमा सहमति जुटेपनि अरु २ वटा क्षेत्रमा सहमति जुटेको छैन । क्षेत्र नम्बर १ कांग्रेस, २ जसपाले लिने सहमति भएको छ । ३ मा कांग्रेस र जसपा तथा ४ मा माओवादीसँगै एकीकृत समाजवादी र जसपाले दाबी गर्दा असहमति भएको हो । 

रौतहटको क्षेत्र नम्बर १ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छाड्न सबै दल सहमत छन् भने क्षेत्र नम्बर ४ मा कांग्रेसको मात्र दाबी छ । बाँकी २ क्षेत्रमा भने तीन–तीन दलको दाबी छ । २ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने ३ मा कांग्रेस, एकीकृत समाजवादी र माओवादीको दाबी छ ।
धनुषाको १ मा माओवादी र जसपा, २ र ३ मा कांग्रेस र जसपा दुबैको दाबी छ भने ४ कांग्रेसलाई छाड्न दलहरु सहमत छन् ।

महोत्तरी क्षेत्र नम्बर १ मा माओवादी, २ मा कांग्रेस, ३ र ४ जसपाको भागमा पर्ने पक्काजस्तै भएको छ । सर्लाहीको १ मा जसपा र कांग्रेस, २ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने ३ मा माओवादी र कांग्रेसको दावी छ ।

सिरहा १ मा कांग्रेस र ४ मा जसपालाई दिन दलहरु सहमत छन् । २ मा कांग्रेस, जसपा र एकीकृत समाजवादी तथा ३ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ ।

सप्तरीको १ मा कांग्रेस र जसपाको दाबी छ भने २ र ३ जसपा तथा ४ कांग्रेसले लिने सहमति भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस