एमालेले छान्यो प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिकतर्फका ३३० उम्मेदवार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन २, आईतबार (३ साल अघि)
  • ५ पटक पढिएको
एमालेले छान्यो प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिकतर्फका ३३० उम्मेदवार

नेकपा एमालेले मंसिर ४ मा हुने निर्वाचनका लागि समानुपातिकतर्फका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार टुंगो लगाएको छ ।  आइतबार बसेको सचिवालय बैठकले समानुपातिकतर्फ प्रतिनिधि सभाका ११० र प्रदेश सभाका २२० जनाको नामावली पारित गरेको पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । गुरुङका अनुसार प्रतिनिधिसभातर्फ ११० जनाको नाम प्रस्ताव हुँदा आदिवासीतर्फ ३२,खस आर्यतर्फ ३४ (आधा महिला आधा पुरुष, थारु ७, दलित १५, (आठ महिला सात पुरुष), मधेसीतर्फ १७, (नौ महिला, आठ पुरुष), मुस्लिमतर्फ ५ (३ महिला, २ पुलिस) जम्मा महिला ५७ गरी ११० जना छनोट गरेको जानकारी दिए । 

त्यस्तै प्रदेश नम्बर १ का लागि २० महिलासहित ३७, मधेस प्रदेशमा २३ महिलासहित ४३, वागमतीमा क्लस्टर सहित ४४ जना, गण्डकीमा आदिवासीतर्फ ११ जना जसमा ६ महिला ५ पुरुष, खस आर्यतर्फ नौ जनामा ५ महिला ४ पुरुष, दलिततर्फ ४ मा दुई महिला र दुई पुरुष रहेको एमालेले जनाएको छ । 

लुम्बिनी प्रदेशका लागि आदिवासी जनजाति ७, खस आर्यतर्फ १७, थारूतर्फ ५, मधेसी ५ र मुस्लिम ३ जना सिफारिस गरेको छ । कर्णालीमा आदिवासीको १ महिला, खस आर्य १०, दलित ४ जना रहेका छन् । 
सुदुरपश्चिम आदिवासी महिला १, खस आर्य १२,थारु ४, दलित ४ मधेसी १ मुस्लिम १ सिफारिस भएका छन् ।   छनोट गरेका नामहरूमा असोज १६ गतेसम्म फेरबदल हुनसक्ने एमालेले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस