संविधान दिवसको अवसरमा ६८१ कैदीको सजाय माफ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन २, आईतबार (३ साल अघि)
  • ५ पटक पढिएको
संविधान दिवसको अवसरमा ६८१ कैदीको सजाय माफ

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका ६८१ कैदीलाई सजाय माफी दिएकी छन् ।

सरकारको सिफारिसमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ६८१ कैदीलाई सजाय माफी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ जना र इन्द्र कुमार लिम्बुसमेतका ४७८ गरी कुल जम्मा ६८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय मन्त्रिपरिषद्को मिति २०७९/५/३१ को बैठकको सिफारिसमा मिति २०७९र६र३ गते देखि लागु हुने गरी संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा माफी मिनाहा भएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस