सशस्त्र प्रहरीले शुक्रबार सर्लाहीको हरिवन नगरपालिकास्थित नयाँरोडबाट भारतीय ब्रान्डको १ सय ४८ कार्टुन ड्यू (चिसो पेय पदार्थ) बरामद गरेको छ ।
कुनै बिलबिजक नभएको भन्सार छली गरेर ल्याइएको ठूलो परिमाणको ड्यू सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको गस्ती टोलीले पूर्व–पश्चिम राजमार्गस्थित नयाँरोड क्षेत्रबाट बरामद गरेको हो । १४८ कार्टुनमा १३ सय ३२ बोतल ड्यू रहेका छन् । सशस्त्रले भन्सार छलेर भित्र्याइएको ड्यू लोड भएको ना ५ ख ६४७२ नम्वरको ट्रक समेत नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको २ लाख १० हजार ४ सय ५६ रुपैयाँको ड्यू र ट्रकसहित १२ लाख १० हजार ४५६ रुपैयाँ मूल्य कामय गरी शुक्रबार नै भन्सार कार्यालय मलंगवामा बुझाइएको हरिवनका सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपी सुशील श्रेष्ठले जानकारी दिए ।