विद्यार्थीद्वारा बौधिमाई नगरपालिका कार्यालयमा तोड फोड

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन ९, आईतबार (३ साल अघि)
  • ६ पटक पढिएको
विद्यार्थीद्वारा बौधिमाई नगरपालिका कार्यालयमा तोड फोड

रौतहट, ९ असोज I शैक्षक भ्रमणका लागि रकम उपलब्ध नगराएको निहुँमा विद्यार्थीहरुले रौतहटको बौधिमाई नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् ।

राजनीति दलद्वारा परिचालित नगरपालिकाको शंकर मावि सरमुजवामा अध्ययनरत विद्यार्थी तथा अज्ञात समुहहरुले कार्यालयमा तोडफोड गरि मेयर माथि संघातिक हमला गरेका छन् ।

भ्रमण खर्च माग्न विद्यार्थीहरु आएकोमा डेंगुको प्रकोप फैलिरहेकोले अहिले भ्रमणमा नजान र केही दिनपछि बजेट उपलब्ध गराईदिने भन्दा पनि सो समूहले कार्यालयमा अन्धाधुन्द तोडफोड गरेको नगरप्रमुख यादवले बताए ।

नगर प्रमुख यादवले विद्यार्थीलाई विद्यालयका केही शिक्षक,निर्वाचित वडा अध्यक्ष तथा प्रतिपक्षी दलहरुले उचालेर घटना गराएको आरोप लगाएका छन् ।

विद्यार्थीको नाममा अज्ञात समुहद्वारा आफू माथि संघात्मक हमला गरेको मेयर यादवले बताएका छन्।

नगरपालिका परिसर भित्र रहेका मोटरसाइकल, मेयर चढ्ने गाडी, सिसीटिभि, सेफ्टी ट्याङ्की, एसी, सोफा झ्याल, ढोका, कम्प्युटर, फर्निचर, अरू विद्युतीय उपकरण लगायतमा तोडफोड गरिएको नगरप्रमुख प्रदिप यादवले जानकारी दिए ।

कार्यालयमा तोडफोड र प्रहरीमाथि ढुङ्गामुढा गर्दा बंकुल ईलाका प्रहरीका इन्चार्ज असइ सुनिल यादव सहित ३ सुरक्षाकर्मी घाईते भएका छन् भने केही विद्यार्थी समेत घाईते भएका छन् ।

संघात्मक हमला गर्न आएका विद्यार्थी तथा अज्ञात समूह मध्ये चारजनालाई प्रहरीले पक्राउ गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस