गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिजो गएको हिमपहिरोमा ज्यान गुमाएका एक जनाको परिचय खुलेको छ । ज्यान गुमाउनेमा सङ्खुवासभा घर भएका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।
हिमपहिरोमा परेका अरु १० जनाको सकुशल उद्धार गरिएको छ । आज बिहानै हेलिकोप्टरमार्फत पुगेको उद्धार टोलीले निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्धार गरेर सामागाउँ ल्याएको प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो । अरु चार जनाको हिजो उद्धार गरिएको थियो । हिमपहिरोमा परेकाहरुको उद्धारका लागि चार वटा हेलिकोप्टर परिचालन गरिएको थियो ।