रमेश कुमार यादब
असोज १२,रौतहट
हिन्दु धर्मावलम्बीहरुको महान चाडपर्व बडादशै ,दिपावली र छठ पर्वलाई लक्षित गर्दै नगरलाई उज्यालोमय बनाउने उदेश्यले गरुडा नगरभरी टावर लाईट,भेपर लाईट लगायत उज्यालो दिने बिभिन्न सामाग्री लगाउने कार्य धमाधम भईरहेको छ ।
सोहि अनुरुप हिजो राती गरुडा नगरपालिकाको लोकप्रिय नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले दुर्गा मन्दिरको अगाडि पट्टी मेन रोडमा टावर लाईटको उद्घघाटन गर्नु भयो । आस्थाको केन्द्र दुर्गा मन्दिर अगाडी भएको टावर लाईट जडानले मन्दिरको शोभा बढाउनुको साथै भक्तजनहरुलाई मन्दिर दर्शन गर्न आउन–जान सजिलो हुने नगर प्रमुख जैसवालको बिश्वाश रहेको बताउनु भयो ।
राति अँध्यारो भएको हुदा हिडडुल गर्न, दुर्घटना कम गर्न,बिभिन्न अपराधी घटना हुन बाट जोगाउने नगर प्रमुख जैसवालले बताउनु भयो ।अन्य पूर्वाधारको निर्माणसँगै सुन्दरता र सहजताका लागि यो अभियान सुरु गरिएको हो ।
केहि दिन देखि उज्यालो अभियानलाई निरन्तरता दिदैँ गरुडा नगरपालिकाको बिभिन्न वार्डहरुमा आवश्यक र माग अनुुुसार भेपर लाईट र टावर लाईटको जडान कार्य गरिरहनु भएको नगर प्रमुख जैसवालले बताउनु भयो ।
त्यसतै चुनावी प्रतिबद्धता अनुरुप नगरको बिभिन्न वार्डको टोलटोलमा प्राबिधि र बैज्ञानिक युग भएकोले साथै देशबिदेश रहेका मानिसहरुसंग प्रत्यक्ष सुचना अदानप्रदानमा होस भनि उदेश्यले फ्रि वाईफाईको जडान समेत गर्नु भएको छ ।