रमेश कुमार यादब
असोज १२,रौतहट
रौतहत जिल्लाको मलाहिमा नेकपा एमाले पार्टिका शुभकामना अदानप्रदान कार्यक्रम सम्पन भएको छ ।जिल्लाको पुर्बिभेगमा पर्ने गरुडा नगरपालिकाको वार्ड न.३ मलाहिमा नेकपा एमाले पार्टिका निर्वाचन प्रचार प्रसार परिचालन कमिटी मलाहीद्वारा आयोजना गरिएको हिन्दु धर्मालम्बिहरुको महान चाड बडा दशै,दिपावली तथा छठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन भएको छ ।
कार्यक्रमको बिशिस्ट अतिथी गरुडा नगरपालिकाको नगर प्रमुख तथा क्षेत्र न ४ को क्षेत्रिय सह–ईन्चार्ज कन्थमनी प्रसाद जैसवाल रहनु भएको थियो ।कार्यक्रमको बिशिस्ट अतिथी तथा गरुडा नगरपालिकाको लोकप्रिय मेयर कन्थमनी प्रसाद जैसवालले चलिरहेको बडा दशै आउदो दिपावली तथा छठको शुभकामना दिदै आउदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाबमा एकमत भई भारी बहुमतले जिताउन आग्रह समेत गर्नु भएको थियो ।
सोहि प्रशंङ्गमा बोल्दै नगर प्रमुख जैसवालले गरुडा नगरपालिकाको वार्ड न.३ मलाहिमा बिकासको लहर ल्याउने योजनाहरु सार्वजनिक गर्नु भएको थियो ।मलाहिमा हिन्दुहरुको महान पर्व छठ गर्न समस्या भैइरहेको र गुनासोको मध्य नजर गर्दै छ्ठ घाट निर्माण गर्न १० लाख रुपैयाँ दिने घोषण गर्नु भयो ।पिकनिक पार्क बनाउन जग्गा उपलब्ध गराएपछि सो पिकनिक पार्क निर्माण गर्न ५० लाख रुपैयाँ उपलब्ध गराउन मन्चबाट समेत घोषणा गर्नु भयो ।
त्यति मात्र नभएर मलाहिमा सडक ,नाला ,स्वास्थ्यमा चाडै सुधार गर्ने पनि बताउनु भयो ।मलाहिमा सडक ,नालाको लागी सम्पुर्ण त्यारी भईसकेको र मलाहिबासिको जनताको सहयोगले चाडैँ काम अगाडी बढाउने पनि बताउनु भयो ।साथै युवा युवा खेलाडीहरुको खेलकुदको लागि पनि विभिन्न योजना बनाई रहेको बताउनु भयो ।गरुडा नगर भरि भेपर लाईट तथा टावर लाईटको काम सुरु भईसकेको बताउनु भयो ।यो दिपावलीको भित्रमा सम्पुर्ण टोलमा बति जडान गरि उज्यालोमय बनाउने बताउनु भयो ।साथै प्राबिधिको पहुँचबाट जोडने उदेश्यले फ्रि वाईफाईको जडान कार्य सुरु भएको बताउनु भयो ।
मलाहिमा खानेपानीको कुरा आएपछि उक्त समस्या नगरपालिकाबाट सम्भव नहुने हुँदा यस खानेपानीको समस्या केन्द्रिय बजेटको सहयोगले मात्र सम्भव हुने भएकोले आउदो मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टिकालाई जिताउन आग्रह गर्नु भयो ।नेकपा एमाले पार्टिका निर्वाचित हुने बितिकै खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो ।
नगर प्रमुख जैसवालले गठबन्धन सरकारले देशलाई ठग्ने काम बाहेक अरु केही नगरेको आरोप समेत लगाउनु भयो ।यो देशकोबिकास समृद्धि प्रगती उन्न्ती गर्ने एक मात्र पार्टी नेकपा एमाले रहेको बताउनु भयो ।त्यसतै शुभकामना कार्यक्रमको सम्बोधन गर्दै केन्द्रिय सदस्य उध्व रेग्मीले भन्नू भयो कि नेकपा एमाले पार्टिको सरकार भने पछि रौतहट सहित देशमा रहेको सुकुम्बासीको समस्या चाडैं समाधान गर्ने बताउनु भयो ।
यो सरकारले देशको बर्बादी ,मङ्गी ,भोकमरी बाहेक अरु केही नदिएको केन्द्रिय सद्स्य रेग्मीले आरोप समेत लगाउनु भयो ।
त्यस्तै क्षेत्र न ४ को क्षेत्री ईन्चार्ज तथा बृन्दावन नगरपालिको मेयर प्रत्याशी निडर,कर्मठ युवा नेता प्रेम शंकर यादब ,आर्थी भन्डारी,अखिलेश चौधरी ,नगर अध्यक्ष योगेन्द्र साह ,धुरुव साह लगायत दर्जनौं नेताकार्यकर्ताहरुले आफ्नो मन्तव्य राखनु भएको थियो भने कार्यक्रमको सन्चालन नागेन्द्र साहले गर्नु भएको थियो ।त्यस्तै १९ सदस्य निर्वाचन प्रचार प्रसार परिचालन कमिटी गठन समेत गरिएको थियो ।
१९ निर्वाचन प्रचार प्रसार परिचालन कमिटी गठनका अध्यक्षमा बिनोद सहनी ,२१ सदस्य युवा कमिटि गठनको अध्यक्ष अजय कुमार सहनी ,१५ सदस्य महिला कमिटि गठनको अध्यक्षमा कान्ति देवी ,१७ किसान कमिटि गठनका अध्यक्षमा राम जानकी सहनी र १० सल्लाहकार समिति गठनका अध्यक्षमा बिशुन सहनीलाई चयन गरिएको नगर अध्यक्ष योगेन्द्र साहले बताउनु भयो ।