रमेश कुमार यादब
असोज १४, रौतहट
रौतहटको पावन नगरि शिवनगरमा सम्मान कार्यक्रम सम्पन भएको छ ।जिल्लाको पावन धर्ति तथा ऐतिहासिक नगरी भनि चिनिने शिवनगरधाममा दुर्गा पुजा मेला ब्यवस्थापन समिति शिवनगरले आयोजना गरिएको सम्मान कार्यक्रम धुमधामसंग सम्पन भएको छ ।
पुजा ब्यावस्थापन समितिका अध्यक्ष अनिल कुमार यादवको अध्यक्षतामा प्रमुख अथिती गरुडा नगरपालिकाका लोकप्रिय नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल,बिशिष्ट अथिती माधव नारायण नगरपालिकाका पुर्व मेयर बिरेन्द्र प्रसाद यादव रहनु भएको थियो । प्रमुख अतिथि तथा लोकप्रिय मेयर जैसवालले सम्मान कार्यक्रमको सम्बोधन गर्दै भने हिन्दुधर्मालम्बीहरुको महान पर्व बडादशैँको बित्न लागेको पाँचौ दिनको उपस्थित भएका सम्पुर्णमा हार्दिक बधाई दिनु भएको थियो ।
त्यसतै सम्मान कार्यक्रमको आयोजकलाई धेरै धेरै धन्यबाद दिदै भने यो ऐतिहासिक पावन धर्ति शिवनगरधाममा बिगत १६ बर्ष देखि पण्डालमा लाग्दै आईरहेको दुर्गा मेलालाई निरन्तरता दिई चलाईरहेको प्रति खुसि ब्यक्त गरेका थिए ।बिगत १६ बर्ष देखि पन्डालमा हुदैँ आईरहेको दुर्गा जिको आफ्नै नव निर्मित मन्दिरमा पुजा हुने भएकोले गौरभान्बित भएको बताउनु भयो ।नगर प्रमुख जैसवालले दुर्गा माताको कृपाले आफ्नै मन्दिर भएको बताउनु भयो ।साथै नगर प्रमुख जैसवालले उक्त मन्दिर निर्माण भईरहेको बेला २ लाख रुपैँया दिने घोषणा समेत गर्नु भएको थिए ।
नगर प्रमुख जैसवालले अपुग भएपछि थप रकमको लागी प्रकृया अगाडी बढाईने बताउनु भयो ।साथै उक्त दुर्गा पुजामा लाग्ने खर्च मध्ये थप सहयोग मिलोस भनि उदेश्यले ५१ ह्जार रुपैँया दिने प्रतिबद्धता समेत जनाउनु भयो ।त्यस्तै बिशिस्ट अतिथि माधव नरायण नगरपालिकाका पुर्व मेयर बिरेन्द्र प्रसाद यादवले मन्दिर निर्माण कार्य अधुरो रहेकोले यस दुर्गा मन्दिर लाई ग्रान्ड डिजाइन अनुसार बनाउनमा कुनै कसर बाकी न राख्ने र प्रदेश र केन्द्रबाट भएपनी बजेट ल्याई मन्दिरको कार्य पुर्ण रूपमा समपन गराउने सम्बोधन गरिदै पुजाको लागि तत्काल ५ हजार एक सय रुपैया सहयोग गर्नुभयो।शुभकामना अदान प्रदान तथा सम्मान कार्यक्रममा गरुडा नगरपालिका वडा नं। ५ का वडा अध्यक्ष रामबिनोद साहले नगद २५ हजार सहयोग गरेका हुन ।
त्यसतै गरुडा नगरपालिका ५ का वडा अध्यक्ष पदका प्रत्यासी समाजसेवी जोगिन्द्र साहले १० हजार नगद रुपैया पुजामा सहयोग गर्नु भएको छ।
सम्मान कार्यक्रममा नगर प्रमुख कन्थमनि प्रसाद जैसवाललाई शिवनगरधामका महन्थ कृष्ण गिरिले माला,टिका, दोसाला तथा जय माता दि अंकित गम्छा ओढाई सम्मान गरेको थियो । सोहि कार्यक्रममा उपस्थित भएका जनप्रतिनिधि ,ब्यापारी ,समाजसेबि ,सुरक्षाकर्मि तथा पत्रकारहरुलाई दोसाला माला टिका लगाई सम्मान गरेका थिए भने कार्यक्रमको सन्चालन समाजसेवि पत्रकार बिबेक शर्माले गर्नु भएको थियो ।