सागर संगम ठाकुर । रौतहट । असोज १७ गते
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री प्रभु साहले १५ शैया क्षमता भएको नगर अस्पतालाई सोमबार एक कार्यक्रमको बिच उदघाटन गर्नु भएको छ ।
रौतहटको आफनै निर्वाचन क्षेत्र अन्तरगत पर्ने गोनाहीमा पुर्व मन्त्री साहले नगर अस्पतालको उदघाटन गर्नू भएको हो ।
हिन्दुहरुका महान चाड बिजया दशमीको शुभ् साईत अष्टमी थितीका दिन प्रमुख अतिथी समेत रहेका पुर्वमन्त्री साहले उदघाटन गरे संगै अबको केही दिनमै पुर्ण रुपमा संचालनमा आउने भएको छ ।
देवाही गोनाही नगरपालिका वडा नंं ८ स्थित गोनाही बजार नजिकै मेन रोड संग जोडिएको धरहरी जानेबाटोमा मछली बजारको पश्चिममा उक्त अस्पताल उदघाटन गरिएको हो ।
देवाही गोनाहीमा नगर स्पताल उदघाटन भए पछि स्थानीय बासीले अब नगरकै अस्पताल सेवा लिने भएका छन् ।
देशका सात सय ५३ वटा स्थानिय तहले आफ्नो क्षमता अनुसारको अस्पताल सञ्चालन गर्नुपर्ने नीतिलाई अवलम्बन गर्दै जिल्लाको देवाही गोनाही नगरपालिकाले उक्त नितीलाई लागु गरिएको साहले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री प्रभु साहले यस नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह र उपप्रमुख परनिया देवी पटेलले नगरका आमजनताहरुको स्वस्थ्यलाई ख्याल गरि संचलनमा ल्याउन लागिएको अस्पताल नगरको लागि गौरबको बिषय रहेको बताउनु् भयो।
पुर्वमन्त्री साहले देवाही गोनाहीका जनता बिकाशका निमित चुनेका जनप्रतिनिधीबाट यस्तो कार्यको थालिनी हुदा जनताले सकरात्मक रुपमा लिनु पर्ने बताए ।
साहले रौतहटका जनता जुन सुकै पार्टीमा भए पनि बिकासको सवालमा पार्टी भन्दा माथी उठेर सक्षम नेतृत्वलाई चुनिने गरेको बताउनु भयो ।
सडक बिकाशको सवालमा रौतहट र खास गरी क्षेत्र नं.३ का जनताले बिना मुआबजा निःशुल्क जग्गा दान गरेको भन्दै उदहारणको रुपमा रहेको बताउनु भयो।
एउटा कुशल नेतृत्वले गर्नु पर्ने काम बिगतका दिनमा नगर्दा हाम्रो समाज र देश पछाडी परेको साहले बताउनु भयो ।
पुर्वमन्त्री साहले आफु पहिलो पकट सांसद हुदा गोनाहीको पटेल चौक देखि बाराको चिउटाहा सम्म जोडन नया सडक निमार्ण गरि लालबकैया खोलाको पुल समेत बनाई कालेपत्र गराएको बताउनु भयो ।
आफुले शुरु शुरुमा लालबकैया खोलामा पुल बनाउदा याहाको जनताले बाटो नै नभएको ठाउमा प्रभु साहले पुल बनाएर देशको पैसा लुटने काममा लागेको भन्दै कडा बिरोध समेत गरेका थिए तर् यहाको जनताको बलमा आफुले बिना सुरक्षकर्मी र बिना मुअबजा सडक समेत निमार्ण गरेका बताउनु भयो ।
साहले आफु सर्लाहीको गोडैता देखि बिरगंज सम्म हाईबे रोड बनाउनको लागि निरन्तर लागि परेको त्यसको ठेक्का पटा समेत भईसकेको भन्दै अबको केही दिन भित्रमा चार लेनको सडक कन्ने बतानु भयो ।
वहाले बागमती नदीको धर्मपुरघाट स्थित पुल बनिसेकाले अबको केही दिनमा धरहरी,गोनाही मौलापुर, हुदै सर्लाहीको गोडैता र बिरगंज सम्मको गडी ओहर दोहर गरिने बताउनु भयो ।
पुर्वमन्त्री साहले नगर अस्पताल उदघाटन भए पनि यसले बिस्तारै बिस्तारै गति लिने बताउनु
नगर प्रमुख प्रेमलाल साहको अध्यक्षतामा भएको कार्यक्रममा शुरुमा स्वागत मन्तव्य उप प्रमुख परनिया देवी पटेलले राख्नु भएको थियो ।
कार्यक्रमलाई अन्त्यमा समापन गर्दै नगरप्रमुख प्रेमलाल साहले ग्रामीण क्षेत्रलाई लक्ष्ति गरी नगर अस्पतालको सेवा शुभारम्भ गरेको बताए ।
नगर प्रमुख साहले नगरवासीको स्वास्थ्यलाई मध्यनजर गरि अस्पताल सञ्चालनमा ल्याईएको जानकारी दिनु भयो ।
नगरप्रमुख साहले सबैको पहुच हुने हिसाबले मेन रोड संग जोडिएको ठाउमा यस अघि नै अस्पतालको लागि शिलान्यास गरिएको र सो अस्पताल बन्न अलि टाईम लाग्ने भए पछि तत्काल भाडामै घर लिएर अस्पताल सञ्चालनमा ल्याईएको बताउनु भयो ।
वर्षाैंदेखि देवाही गोनाही नगरवासीले नगरबाट एमबीबीएस डाक्टर सहितको स्वास्थ्य सेवा लिनबाट बञ्चित रहेको थियो तर आज पुरा गरिएको छ साहले भन्नु भयो ।
देवाही गोनाहीका जनताहरु राम्रो स्वास्थ्य सेवा लिन जिल्लकै कटहरिया, शिवनगर गरुडा र चन्द्रनिगाहपुर लगायको ठाउँमा जानु पर्ने बाध्यता रहेको थियो तर अब त्यो पनि अन्तय भएको साहले भन्नु भयो ।
नगर प्रमुख प्रेमलाल साहले बिगतको स्थानिय सरकारले नगरबासीलाई यस्ता किसिमका सेवा सुविधा दिनबाट बंचित गरिएको थियो तर अब आफुले जनताको सेवा गर्ने जिम्मा पाएकाले जनतालाई सेवा गर्नबाट पछि नहटने बताए ।
साहले नगरको बिकाशका लागि कुनै किसीमका पुर्वाग्राह नराखी आफुलाई सहयोग गर्न नगरबासीहरु संग आग्रह गर्नु भएको थियो ।
बिकाशको मामिलामा पछाडि परेका नगरलाई नया ढगंले ब्यवस्थित गर्दै अगाडी बढाउने आफनो चाहना रहेको भन्दै सबैको सहयोग अपरिहार्यरहेको बताउनु भयो ।
साहले नगर अस्पतालमा नाक, कान, घाटी, ओपिडी सेवा, प्रसुती सेवा, एक्स–रे,सेवा सँगै २४ घण्टे इमर्जेन्सी सेवा उपलब्ध गराईने बताए ।
नगरपालिकामा नगर अस्पताल संचालनमा ल्याउदा नगरबासीले नगरप्रमुख प्रेमलाल साहको खुलेर नै प्रशंसा गर्न थालेका छन ।
उदघाटन कार्यक्रमको अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहा , नेकपा एमाले प्रदेश कमिटी सदस्य मनोज कुमार यादव ,देवाही गोनाही नगरपालिका वडा वडा नम्बर १ का वडा अध्यक्ष सफिना खातुनकी श्रीमान शेख नुरुल्लाह, वडा नम्बर २ का वडा अध्यक्ष अतिकुल रहमान,वडा नम्बर ८ का वडा अध्यक्ष बिजय पटेल,वडा नम्बर ९ का वडा अध्यक्ष बिरबहादुर शाह, वडा नं. ५ का वडा अध्यक्ष उपेन्द्र साह,वडा नं.४ का वडा अध्यक्ष तथा नगर अस्पतालका संयोजक रामप्रबेश पटेल एमालेका नेता भरत पटेल , नेकपा एमाले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साह , मौलापुर नगरपालिकाका नगर उपप्रमुख नागेन्द्र प्रसाद यादव , नेकपा एमाले पार्टीका सह– इन्चार्ज उपेन्द्र साह, जिल्ला कमीटी सदस्य राजेश साह, नगर अध्यक्ष अनिल कुमार झा नेकपा एमाले युवा संघको जिल्ला अध्यक्ष बलाशंकर कुशवाहा , युवा नेता अंचित कुश्वाहा, राजु यादव, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता ईप्रका देवाहीका प्रहरी निरिक्षक गोबिन्द साह,सशस्त्र बेश क्याम्प देव