असोज ,२० रौतहट I बारामा आज बिहान बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ । चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले यात्रा डेलीलाई जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा ९ पुरुष र ६ जना महिला छन् । उनीहरुको सनाखत हुन बाँकी छ ।
प्रहरी उपरीक्षक बोगटीका अनुसार दुर्घटनामा २० बढी जना घाइते भएका छन् । घाइते दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।
हेटौंडाबाट वीरगञ्जतर्र्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा वडा नम्बर २२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो । मृतकको आफन्तहरु आउनेक्रम सुरु भइसकेको जनाउदै प्रहरी उपरीक्षक बोगटीकाले मृतकको सनाखत हुने क्रम पनि सुरु भइसकेको जनाए ।