ओमप्रकाश जयसवालले प्रतिनिधीसभा सदस्यमा गराए स्वतन्त्र उमेदवारी दर्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन २३, आईतबार (३ साल अघि)
  • ७ पटक पढिएको
ओमप्रकाश जयसवालले प्रतिनिधीसभा सदस्यमा गराए स्वतन्त्र उमेदवारी दर्ता

असोज २३ गते । रौतहट ।
कांग्रेसमा टिकट नपाएपछि यूवा समाजसेवि नेता ओमप्रकाश जयसवालले प्रतिनिधीसभा सदस्यका लागि राैतहटको निर्वाचन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।

जयसवालले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालय कटहरियामा आफैं पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

२०७४ मा प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यासी समेत रहेका जयसवालले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनय दर्ता गराउनु भएको छ । नेता जयसवालले नेपालि कांग्रेसले टिकेट दिए चुनाव लड्ने मनसायमा रहेका थिए । कांग्रेस र माओवादी र नेकपा एकिकृत समाजवादीको बिच गठबन्धन भएपछि उनी टिकट बाट बञ्चित भएका हुन् । अन्ततः उनले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस