११ वर्षीय बालिकामाथि यौन दुर्व्यवहार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन २५, मंगलबार (३ साल अघि)
  • ५ पटक पढिएको
११ वर्षीय बालिकामाथि यौन दुर्व्यवहार

रौतहट, असोज २५ I दाङमा घरमा काम गर्न राखेको बालिकामाथि यौन दुर्व्यवहार गरेको प्रहरीमा उजुरी परेको छ  ।

११ वर्षीय बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै घोराही–१३ का ऋषि पोखरेलविरुद्ध उजुरी परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख विरबहादुर वलीले बताए ।

अहिलेसम्म यौन दुर्व्यवहार भएको उजुरी परेको छ’ प्रहरी प्रमुख वलीले भने, ‘यौन दुर्व्यवहार हो की करणी नै हो भन्ने कुरा अनुसन्धान गरिरहेका छौं ।’

प्रहरी प्रमुख वलीका अनुसार आरोपी पोखरेलले आफ्नो घरमा काम गर्न बसेकी बालिकामाथि पटक-पटक यौन दुर्व्यवहार गर्दै आएको भन्दै पीडितले जाहेरी दिएकी थिइन् ।

पीडितले दिएको जाहेरीका आधारमा आरोपी पोखरेलको खोजी कार्य भइरहेको जनाएको छ ।  पीडितको परिवारले भने मुद्दामा यौन दुर्व्यवहार भनिएपनि बालिकामाथि करणी नै भएको बताउँछ ।

पीडित परिवारका अनुसार बालिका पोखरेलको घरमा गत वैशाखदेखि काम गर्न बसेकी थिइन् । पोखरेलले बालिकालाई असार यता पटक-पटक धाक धम्की देखाएर करणी गर्दै आएको पीडित परिवारले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस