रौतहट प्रहरीको सक्रियतामा , आत्महत्या गर्न लागेको युवकको उद्धार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन २७, बिहिबार (३ साल अघि)
  • ६ पटक पढिएको
रौतहट प्रहरीको सक्रियतामा , आत्महत्या गर्न लागेको युवकको उद्धार

घरायसी बिवादका कारण आत्महत्या गर्न लागेको युवकलाई रौतहट प्रहरी ज्यान जोगाएका छन । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्वर ५ सन्तपुरका शेख जमिलका २६ बर्षिय छोरा राजा हुसेन घरायसी विवादको कारण घरमा कोही नभएको मौका छोपी घर छेउमै रहेको निमको रुखमा नाइनलको डोरीको पासो लगाएर झुण्डिएर आत्महत्या गर्न लागेकोलाई रौतहट प्रहरी टोलीको सहितको सुरक्षा निकायको टोलीले निजलाई जान जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

हुसेनले पासो लगाएको कुरा साना बालबालिकाहरुले निर्वाचन प्रयोजनको लागि मतदान स्थल सुरक्षा व्यवस्थाको जानकारी एवं अनुगमन गर्ने क्रममा भनेपछि प्रजिअ शाहीको उपस्थितिमा नाइनलको डोरी चुडाएर आत्महत्या गर्नबाट जोगाएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी सुनिल मल्लले बताए ।
आत्महत्या गर्न गम्भीर घाइते भएका हुसेनको उपचारको लागि प्रादेशिक अस्पताल पठाइएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस