ओलीका असंवैधानिक कामको विरोध गरेकाले मलाई टिकट दिइएन : भीम रावल

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन २७, बिहिबार (३ साल अघि)
  • ७ पटक पढिएको
ओलीका असंवैधानिक कामको विरोध गरेकाले मलाई टिकट दिइएन : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले आफूले राष्ट्र र राष्ट्र हितका पक्षमा बोलेकै कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले चुनावमा टिकट नदिएको बताएका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफूले ओलीले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामको विरोध गरेका कारण टिकट नदिएको बताए ।

उनले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताए ।

पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाए ।  उनले १० बुँदे सहमति गर्नेलाई १० भाइ र १० बुँदेवाला भनेर चुनावमा टिकटमा भेदभाव गरेकाे आरोप पनि लगाए । रावलले दशकौं पार्टीमा पसिना बगाएका इमान्दार कार्यकर्तालाई पाखा लगाएर जनताबाट अस्वीकृत व्यक्तिलाई उम्मेदवार बनाउनु कसरी न्याय संगत भयो भनेर प्रश्न पनि गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस