रौतहट, असोज २६ गते । रौतहटको क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र बाट उम्मेदवारी दिएका नेता ओम प्रकाश जयसवालले चुनाव चिन्ह माछा पाएका छन्। प्रतिनिधिसभा सदस्यको उम्मेदवार ओम प्रकाश जयशवाल लाई निर्वाचन आयोगले बुधवार चुनाव चिन्ह माछा छाप दिएका छ ।
निर्वाचन कार्यालय रौतहटले स्वतन्त्र उमेद्वारहरु लाई बुधबार निर्वाचन चिन्ह प्रदान गरेको छ। आयोगले क्षेत्र नं ३ का संघीय सांसद पदका स्वतन्त्र उम्मेद्वार ओमप्रकाशलाई माछा छाप चुनाव चिन्ह प्रदान गरेको छ। त्यस्तै रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व मन्त्री प्रभु साहले ‘चापाकल’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले बुधबार साहलाई चुनाव चिन्ह चापाकल प्रदान गरेको हो ।
चुनाव चिन्ह माछा छाप पाएसँगै जयसवालले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा माछा छाप मा मोहर लगाई प्रतिनिधि सभा सदस्य मा भारी बहुमतले निर्वाचित गराउन सबैलाई जयसवालले आग्रह गरेका छन् । एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता समाजवादी पार्टी जसपा सँग गठबन्धन गरेको भन्दै स्थायी कमिटी सदस्य समेत रहेका साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।