रौतहट,असोज २८ I विराटनगरको न्यू अप्सरा गेष्ट हाउस होटलमा सिरहाको एक युवकको शव भेटिएको छ I
सिरहाबाट अपहरणमा परेका १८ वर्षीय युवक अंशु सदाको शव विराटनगरको होटलमा भेटिएको प्रहरीले जानकारी दिएको छ । शुक्रबार दिउँसो विराटनगर बसपार्कमा रहेको न्यू अप्सरा गेष्ट हाउसमा सदाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार शव सिरहाका १८ वर्षीय युवक अंशु सदाको हो । प्रहरीका अनुसार होटलको रेकर्डमा असोज २६ गते सदा इन्ट्री भएको देखिएको छ ।
उनी सिरहाबाट अपहरण गरेको कुरा आएको र त्यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । युवकको हत्यामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ I