रौतहट,असोज ३० । निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्यमा ‘क’ र प्रदेश सभा ख मा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
प्रदेशसभा ‘क’ मा सत्ता गठवन्धन नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र , नेकपा एस , लोसपा र जनमोर्चा का साझा उम्मेदवार कांग्रेसका नागेन्द्र साह , नेकपा एमाले जसपा गठवन्धनबाट एमालेका राज किशोर यादव र लोसपाका बागी उम्मेदवार बाबूलाल साह कानूकोबीचमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । प्रदेश सभा १ को ‘क’ मा ५१ हजार मतदाता रहेका छन भने दुबै गठवन्धनको उम्मेदवार र स्वतंत्रको उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ । नेकपा एसले उम्मेदवार नबनाउँदा स्वतन्त्रबाट डाक्टर सोहैल तैयवले उम्मेदवारी दिएका छन । ‘क’ मा स्वतन्त्रको संख्या बढ़ी रहेको भए पनि प्रतिस्पर्धामा निवर्तमान प्रदेश सांसद बाबूलाल साह कानू आउन सकिने संकेत देखिएको छ । प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा यादवको अवस्था बलियो देखिएको छ ।
जसपा बाट उम्मेदवार बनेका राज्य मन्त्री योगेन्द्र यादव र नेकपा एमालेबाट बागी भएर स्वतंत्रबाट उम्मेदवार बनेका राजेश चौधरीबीच त्रिकोणीय प्रतिस्पर्धा हुने अवस्था रहेको छ । स्थानीयका अनुसार कृष्णा यादव र राजेश चौधरीबीच कडा प्रतिस्पर्धा रहेको छ यी दुइ मध्ये कुनै एकले बाजी मार्न सकिने स्थानीयहरुको अनुमान रहेको छ । पूर्व मन्त्री एवं सांसद प्रभु साहले राजेश चौधरीलाई सहयोग गर्ने तयारीमा रहेको बुझिएको छ । साह पनि एमालेबाट उम्मेदवार नभइ स्वतन्त्रबाट रौतहट निर्वाचन क्षेत्र ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन । जनता समाजवादी पार्टी नेपालसंग एमालेले चुनावी तालमेल गरेपछि असंतुष्ट भएका साहले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । आफ्नो समर्थकलाई पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिन लगाएका छन । कृषि राज्य मन्त्री यादवसंग स्थानीयहरु रुष्ट रहेकाले प्रतिस्पर्धामा योगेन्द्र यादव आउन सकिने अवस्था रहेको छैन ।
नेपाली कांग्रेस र नेकपा एसको कार्यकर्ताहरुले कांग्रेस प्रदेश सभापति कृष्णा यादवलाई सहयोग गर्ने भएकोले यादवको अवस्था अहिले बलियो देखिएको स्थानीय उमेश यादव बताउछन् । बजेट कार्यान्वयनमा आफ् नो नातेदारलाई बढ़ी प्राथमिकता दिएको , कृषि कार्यालयको योजनाको लाभ आफ्नै कार्यकर्ताहरुलाई बढ़ी दिएको , झुठो आश्वासन बढ़ी दिएको कारण राज्य मन्त्री यादवबाट मतदाताहरु रुष्ट छन् I