रमेश कुमार यादब
असोज ३१,रौतहट
रौतहट जिल्लाको बृन्दावन नगरपालिका वार्ड नम्बर ८ को वार्ड कार्यालयमा गरेको तालाबन्दी र वार्ड कार्यालय अन्त सार्न लागेको भनेको भनाई प्रति ध्यानआकर्षण भएको छ ।आईतबारका दिन बृन्दावन नगरपालिकाको वार्ड नं.८ बरगजवामा रहेको वार्ड कार्यालयमा तालाबन्दी तथा बिभिन्न अनर्गल नाराबाजि गरेको प्रति वडा अध्यक्ष रबिन्द्र प्रसाद साहको ध्यानाकर्षण भएको बताउनु भएको छ ।सोमबार पत्रकारसंग कुरा गर्दै वडा अध्यक्ष साहले भनेकि म माथि लगाएको आरोप निराधार कपोकल्पित रहेको बताउनु भयो ।बरगजवामा रहेको वार्ड कार्यालय सार्न बिपक्षीको मिलोमतो र स्थानियमा भ्रमण फैलाउन साझिस रहेको वडा अध्यक्ष साहले बताउनु भयो ।वडाअध्यक्ष साहले भने बिपक्षी अशोक कुश्वाहा र पुर्व वडाअध्यक्ष दिनानाथ महतोले आफुलाई बदनाम गर्न खोजेको भनि स्थानियहरुलाई म प्रति भडकाउ कार्य गरेको प्रति आपति जनाउनु भएको छ ।
बृन्दावन नगरपालिकाको वडा नम्बर ८ मा बरगजवा, आकडपाथड र बहुअरी टोल पर्दछ । तिनवटै टोलको बिचको पायक पर्ने ठाउँ बरगजवा हो । बर्षौंदेखि उक्त ठाउँमा नै वडा कार्यालय रहि जनतालई सेवा दिईदै आएको छ । सोहि ठाउँमा नै वार्ड कार्यालय रहने अन्त कुनै ठाउँमा नजाने वडाअध्यक्ष साहले प्रष्ट समेत पार्नु भयो । वडाअध्यक्ष साहले भने कि यस कार्यालयमा बिगत ५ बर्षदेखि पुर्व वडाअध्यक्ष दिनानाथ महतोको छोरा संजय प्रसाद कुश्वाहा बिना नियुक्तिको सहायक–सचिव पदको रुपमा काम गदै आईरहेको थियो । नगरपालिकाको बसेको बैठकले असार ३१ गते पत्र जारी गर्दै सम्पुर्ण करारका कर्मचारीको म्याद थप नहुने गरि हटाईने भनि परिपत्र पठाएको थियो । सो पत्रअनुसार वार्डका सम्पुर्ण करारका कर्मचारीलाई हटाईएको झोकमा पुर्व वडाअध्यक्ष दिनानाथ महतो र उहाँको समर्थकहरुले जनताको सेवा सुबिधा दिनेबाट बन्चित गराई ताल्चा लगाईएको छ ।
साथै बिभिन्न किसिमको प्रपंचहरु म प्रति रचिरहेको बताउनु भयो । वडाअध्यक्ष साहले भने कि पुर्व वडाअध्यक्ष महतोको रबैया र कामले गर्दा वाडलाई नै बर्वाद पारिएको आरोप समेत लगाएका छन ।
वार्ड कार्यालयमा सहायक सचिव पदमा काम गर्ने कुश्वाहा र वहाँ बुवा पुर्व वडाअध्क्ष महतोको मिलोमतोमा वार्डमा उपयोग हुने सम्पुर्ण समाग्री आफ्नो ब्यक्तिगत घरमा प्रयोग गरि आईरहेको थियो । सो समाग्रीलाई म निर्वाचित भएपछि उहाँको घरबाट ल्याई वार्डमा प्रयोग गरिका बताए ।त्यति मात्र नभई बुवा छोराको मिलोमतोमा ०७७ देखि ०७९ सम्मको जनताबाट उठाएको राजस्व दाखिला नगरि हिनामिना गरेको आरोप समेत लगाएका छन ।त्यति मात्र कहाँ हो पुर्व वडाअध्यक्ष महतोले वार्डमा भएका एम्बुलेन्स समेतमा घोटाला गरेको बताउनु भयो । आफ्नो निजि प्रयोजनाको लागी बढि प्रयोगमा ल्याई एम्बुलेन्सको चल्ने लायक समेत नछोडेको बताउनु भयो । त्यसमा पनि स्थानियलाई एम्बुलेन्सबाट ओसारपोसार गरेको पैंसा समेत जानकारी नदिएको बताउनु भयो ।
जनसमुदायको स्वास्थ्यको साथै सरोकार राख्ने अति नै आवश्यक एम्बुलेन्सलाई म अहिले करिब पाँच लाख रुपैँया लगाएर बनाई उपयोगम ल्याएको बताउनु भयो ।त्यसतै पुर्व वडाअध्यक्ष महतो नालाको सफाई ,लुगा बाँडने देखि सुरक्षित नागरिक अवास कार्यक्रममा पनि पक्षपात गरेको दावी समेत गरेका छन । पुर्व वडाअध्यक्ष महतो आफ्नो वार्डको गरिब अति बिपन्न जनताको लागी आएको सुरक्षित नागरिक अवास चाहिने ब्यक्तिलाई नदिई आफ्नै छोरा धिरेन्द्र कुश्वाहा,बुहारी शारदा कुमारी कुश्वाहा,भाई रामनाथ महतो र आफन्त पर्ने राधेश्याम प्रसाद नेपालीको नाउँ पारेको प्रमाण सहित दावी समेत गर्नु भयो ।