रमेश कुमार यादब
असोज ३१ ,
रौतहट निर्वाचन क्षेत्र नम्वर ४ (ख)बाट प्रदेशसभा सदस्य पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका युवा नेता रबि जैसवालको पक्षमा जनलहर बढ्दै गएको छ । जिल्लाको मध्यभागमा अवस्थित रहेको तथा ब्यापारिक नगरी भनि चिनिने गरुडा निवासि युवा नेता रबि जैसवालले पुर्व नेताहरुले गरेको बेतिथिलाई हेर्दै यस्ता क्रियाक्लापलाई सुधार गर्न आफ्नो उम्मेदवारी दिई चुनावी मैदानमा होमिनु भएको हो । उनको लोकप्रियता र जनतासंगको सम्बन्धको कारण र जनताको चाहना ईच्छा अनुसार उहाँले चुनावी मैदानमा होमिदा विरोध पार्टीको अवस्था खस्कीदै गएका छन् ।
युवा नेता जैसवालले क्षेत्र नम्वर ४ (ख)मा आफ्नो क्षेत्र अन्तर्गत पर्ने ठाउँहरुमा जनसमुदायको गुनासो सुन्न जाँदा वहाँको पछाडी जनसैलावको लहर नै देखिएको छ । बृद्धाबृद्धा देखि युवाको रोजाईमा परेका युवा नेता जैसवालको पक्षमा दिनप्रतिदिन जनसैलाव नै बढदैँ गईरहेको छ । सबै दलका पार्टीहरुलाई जिताएर देखे तर एक चोटी बिधायक पदको स्वतन्त्र उम्मेदवार रबि जैसवालको चुनाव चिन्ह जिप छापमा यस पालि मतदान गर्ने मनस्थितिमा नै पुगेको छ । चाँडै सबैसंग घुल्ने मिल्ने जनतामा पहिचान भएको, सबैका लागि सबै संग हिड्ने अन्य नेता जस्तो नभई जनताको हितलाई सर्वोपरी राखेर अघि बढेको कारण नै उनका पक्षमा जनलहर तिव्र हुँदै गएका हुन् ।
हुनत निर्वाचन हो मतदान भएर मतगणना नभए सम्म कसैलाई विजयी भन्न मिल्दैन तर जैसवालको लोकप्रियता बढ्दै गइरहेको छ ।