असोज ३१,रौतहट
रौतहटमा चुनावी सरगर्मी तात्दैँ छन । बिभिन्न पार्टीबाट आवद्ध तथा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरु आफ्नो कार्यकर्ता समर्थकसंग जनता रिझाउन घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन । अगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य पदका उम्मेदवारहरु अहिले जनताको माझमा आफ्नो चुनाव अंकित पोष्टहरु देखाएर मत माग्ने गरेका छन । रौतटह क्षेत्र नं.४ (ख)बाट प्रदेश सभा सदस्य पदको उम्मेदवारी दिएका युवा नेता संजय प्रसाद यादबले आफ्नो घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । उम्मेदवारी दिएका युवा नेता रौतहट जिल्लाको बौहरी निवासि तथा नेपाली काग्रेसको पिलको रुपमा चिनिने स्व.रामअज्ञा राय यादबको छोरा हुन । स्व.रामअज्ञा यादब आफ्नो गाउँ टोलको सधैँ भलो चिताउने साथै गरिब दुखिलाई परेको बेला सहयोग गर्ने स्वाभावका थिए ।उहाँ कहिले कसैको खराब होस भनि कहिल्यै पनि सोचनु भएन ।स्व.नेता यादब २०४६ सालदेखि नै राजनितिक गदै आईरहनु भएको थियो ।उहाँ राजनेतिकमै रही जनताको सेवामै नै लागी अल्पआयु उमेरमा स्वर्गबास हुनु भयो ।एक सच्चा र ईमान्दार नेता गुमाउदा सम्पुर्ण गाउँ नै सोकमा डुबेको थियो ।उहाँ कै छोरा हुन संजय यादब ।जनताको चाहना अपेक्षा अनुसार चुनावी मैदानमा होमिएका छन । जनताहरुले एउटा कुशल राजनेतिक कर्ता हामिमाझ नरहेको हुदा दुःख लागीरहेको र उहाँको कमि सधै लागी रहने भएकोले उक्त कमिलाई पुरा गर्न तपाईलाई राजनेतिकमा आउन पर्छ भनि हामी यस राजेतिक यात्रामा जुडेका युवा नेता यादबले बताउनु भयो । युवा नेता संजय यादबले भने कि म उम्मेदवारी दिन भने पछि हाम्रो पार्टी नेपाली काग्रेसले मलाई नै टिकट दिने भनेको थियो ।तर गठबन्धन भएपछि नेपाली काग्रेसले गठबन्धनलाई दियो । त्यस पछि मैले सोचेकि चुनाव अव लडदैन तर स्थानियले भने कि पार्टीले टिकट नदिए के भयो तपाई यस स्वतन्त्रबाट नै उम्मेदवारी दिनु जित निश्चित नै हुन्छ भने त्यसपछि मैले स्वतन्त्र उम्मेदवारी दिए र चुनाव चिन्ह रिक्सा पाए युवा नेता यादबले बताउनु भयो । अहिले चुनाव चिन्ह रिक्शा छाप लिएर आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बिभिन्न टोलटोल भेटघाट गरिरहेको बताउनु भयो । उहाँ कुनै टोलमा जाँदा बृद्धबृद्धाहरु ल्गायत युवा वर्गहरुको पनि सहानुभुति र प्रेम स्नेह देखिएको छ ।आउदोँ मंसिर चार गतेको चुनावमा जनसमुदायको चाहना अनुरुप जित निश्चित हुने बताउनु भयो ।जनताहरुले उहाँको चुनाव चिन्ह रिक्शामा नै मत दिने र भारि मतले बिजय गराउने परिस्थितीमा पुगेको छ ।