सरकारी जग्गा बेचेको आरोपमा ३७ जनामाथि मुद्दा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक २, बुधबार (३ साल अघि)
  • ५ पटक पढिएको
सरकारी जग्गा बेचेको आरोपमा ३७ जनामाथि मुद्दा

कञ्चनपुरको तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानुनी तरिकाले लिज तथा बिक्री गरी भ्रष्टाचार गरेको आरोपमा ३७ जनामाथि मुद्दा लागेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समितिका तत्कालीन अध्यक्षहरू, सदस्य सचिव, मालपोत कार्यालय कञ्चनपुरका कार्यालय प्रमुखसहित कर्मचारीहरु, नापी कार्यालयका तत्कालीन प्रमुख लगायतका प्रतिबादीलाई ४८ करोडभन्दा बढी रकम बिगो कायमग गरी बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

आयोगले समितिका तत्कालीन अध्यक्षहरू गोपाल रसाइली, पल्टु राना, पुस्कल चौधरी, तत्कालीन सदस्यसचिव चन्द्रप्रसाद चौधरी, मालपोत कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख मालपोत अधिकृत कृष्णकुमार निरौला र मालपोत अधिकृत सहितका कर्मचारीहरू र नापी कार्यालय कञ्चनपुरका नापी अधिकृत पुष्पराज जोशी, बिचौलिया भीमदत्त नगरपालिकाका मदन दमाईंलगायत ३७  जनालाई प्रतिवादी बनाएको छ।

प्रतिवादी ३७ जनालाई जम्मा ४८ करोड ६ लाख ६ हजार रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको सजाय हुन माग गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

अख्तियारले व्यक्तिको नाममा कायम देखिएको समितिको स्वामित्वमा रहेको सार्वजनिक जग्गा व्यक्तिको नामबाट जफत गरी हाल भीमदत्त नगर विकास समितिको नाममा कायम गराउन पनि मागदाबी लिएको छ। 

ताजा अपडेट

खोजी गर्नुहोस