रौतहट, कार्तिक ३ I सर्लाही क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राकेश कुमार मिश्रलाई जिताउन भन्दै मतदाताहरु गाउँगाउँमा जुटिरहेका छन् ।
जसपा एमाले गठबन्धनका साझा उम्मेदवार राकेश कुमार मिश्रलाई आफ्नो ठाउँ उज्वल बनाउन यस्ता व्यक्तिलाई जिताउनु आवश्यक रहेको भन्दै मतदाताहरु एकजुट भएर लागेका हुन् ।
जसपाका नेतासमेत रहेका मिश्रले यस क्षेत्रका साथै समग्र सर्लाही जिल्लाको विकासका लागि अथक प्रयास गरेकाले उनलाई जिताउनै पर्ने भन्दै मतदाताहरु प्रचार प्रसारमा लागेका छन् । बुधबार क्षेत्र नम्बर ४ मा पर्ने गोदैता नगरपालिका वडा नं ४ रोहुवा, वडा नं ८ बलरा नगरपालिका वडा नं ८ गडाहियामा प्रतिनिधिसभा सदस्य उम्मेदवार राकेश कुमार मिश्र र प्रदेशसभा सदस्य उम्मेदवार (ख)को लागि उदय कान्त मिश्रद्धारा साझा रूपमा “जय जवान जय किसान” मुल नाराका साथ घरदैलो गर्दै मतदाताहरुसँग भेट गरेका छन् ।
भेटमा मतदाताले आउँदो ४ गतेको निर्वाचनमा दुबै उम्मेद्वारलाई मतदान गरेर विजयी बनाउन आफूहरु लागि परेको बताएका थिए । घरदैलोमा निस्केको जनलहरले आफूहरुमा उत्साह थपिएको मिश्रसमेत रहेका नेता उदय कान्त मिश्रले बताए ।