रमेश कुमार यादब
कार्तिक ०३,रौतहट
रौतहट क्षेत्र नं.४ को (ख) प्रदेशसभा सदस्यका उम्मेदवार युवा नेता रबि जैसवालले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । रौतहट क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार जैसवाल आफ्नो चुनावी चिन्ह जिप छापमा भोट माग्दै घरदैलो अभियानलाई तिब्र पारेका हुन । जैसवालले सुखि नेपाली र सम्बृद्ध नेपाल निर्माणका लागि जिप छाप चिन्ह्मा मतदान गर्न आग्रह गर्दै घरदैलो अभियान तिब्र पारेको प्रदेशसभा सदस्यका लागी स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता रबि जैसवालले बताए । रौतहट ४ (ख)मा बिभिन्न उम्मेदवार रहे पनि युवा नेता जैसवालको पक्षमा जनलहरको सैलाव देखेर बिपक्षीको सातो जान थालेका आम जनसमुदायमा कानेखुसे हुन थालेका छन ।बिहिबार हथिऔल र बलुवा मदनपुरमा भेटघाट गर्दा उक्त ठाउँका स्थानियहरुले धेरै पार्टी नेताहरुलाई जिताएर देखे तर उनीहरुले आफ्नो छोराछोरीको उज्यालो भबिष्य र ठुलोठुलो घर र आफ्नो आसेपासेको पोसने बाहेक सर्वसाधारण जनताको भलो हुने गरि कुनै काम नगरेको बताए ।स्थानियबासिले अब न जात न पार्टी न कुनै जाति देखेर न कसैको लोभमा परेर भोट दिने मनस्थितीमा पुगेका छन ।त्यस कारण अब यस देशलाई युवा बर्गको खाँचो रहेको हुँदा यस पाली युवा नेता रबि जैसावललाई नै जिताएर देश,गाउँटोलको र युवा रोजगारीको ग्यारेन्टी गराउने ,बाटोघाटोलाई सुधार गराउने परिस्थितीमा रहेका छन ।युवा रहेको कारणले गर्दा जुन बेला बोलाउदा आउने र परेको बेला काम लाग्ने भएको कारण युवा नेता रबि जैसवाललाई नै आफ्नो मत दिने परिस्थितीमा पुगेका बलुवा मदनपुरका स्थानिय रामसेवक राय यादबले बताउनु भयो ।रौतहट निर्वाचन क्षेत्र नम्वर ४ अन्तर्गत (ख) प्रदेश सभामा बसोबास गर्ने मतदाताहरुलाई रबि जैसवालको चुनाव चिन्ह जिप छापमा स्वस्तीक लगाएर अत्याधिक मतबाट विजयी बनाउन उनले मतदाताहरुसंग हार्दिक रुपमा अपिल गरेको छन ।