रौतहट, कार्तिक ४ । रौतहटको चन्द्रपुर र वृन्दावन नगरपालिकाका महिला जनप्रतिनिधीहरुको क्षमता विकास सम्बन्धी ४ दिने तालिम आज चन्द्रपुरको होटल हिमालयनमा समपन्न भएको छ ।
स्वीस सरकार विकास सहयोग एस.डी.सी. तथा अष्ट्रेलियन एड को आर्थिक सहयोग तथा IFES नेपालको प्राविधिक सहयोग र माण्डवी रौतहटको आयोजना सँचालित शी लिडस परियोजना अन्तर्गत चन्द्रपुर र वृन्दावन नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई आफनो भुमिका र दायित्व प्रति सवल बनाउने उदेश्यले ४ दिने तालिम आज सम्पन्न भएको छ ।
स्थानीय सरकारमा प्रभावकारी ढंगले आफनो भुमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरुलाई चाहिने सीप र ज्ञान प्रदान गर्ने, आत्मविश्वास बढाउन,लैङ्गिक सामानता प्रवद्धन तथा लैङ्गिक सामानतालाई संरक्षण गर्ने उदेश्यले ४ दिने तेस्रो मोड्युलको तालिम सँचालन गरिएको परियोजनाको अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भयो ।
यसअघि पहिलो र दोस्रो मोड्युलको प्रारम्भिक प्रशिक्षणमा सहभागी भइसकेका चन्द्रपुर र वृन्दावननगरपालिका महिला जनप्रतिनिधिहरुलाई तेस्रो मोड्युलको तालिममा प्रशिक्षकहरुले सहभागीहरुलाई समूहकार्य, बैठकको योजना र व्यवस्थापन ,स्थानीय तहको विधायिकी कार्य प्रणाली, सक्रिय सुनवाइ ,संजालिकरण,संचार माध्यम सँग सहकार्य,विकास ,समुदाय परिचालन र व्यक्तिगत विकासका लक्ष्य तथा कार्ययोजनाको विषयमा समेत जानकारी गराएको प्रशिक्षक पुनम ठाकुरले बताए । स्थानीय तहमा महिला वडा सदस्यहरु तथा महिला कार्यपालिका सदस्यहरुको भुमिकाहरु, क्षमता विकास,आत्मविश्वास बढाउने उदेश्यले सो तालिमको आयोजना गरिएको प्रशिक्षक सँजय कुमार यादवले जानकारी दिए ।
तालिम कार्तिक ०१ गते देखि ०४ कार्तिक सम्म चलेको थियो । तालिमको व्यवस्थापन तथा सहजिकरण माण्डवीका सामाजिक परिचालक सुरेन्द्र यादव गरेका थिए ।