रमेश कुमार यादव
कार्तिक ०९, रौतहट । रौतहट क्षेत्र नं.४(ख)प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदवार संजय यादबले घरदैलौ कार्यक्रमलाई निरन्तरता दिएका छन ।
आउदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति अब २५ दिन बाँकी रहदा रौतहटका बिभिन्न राजनितिक दलका उम्मेदवारहरुले आ–आफ्नो चुनावी एजेन्डा सहित घरदैलो कार्यक्रमलाई तिब्र पारेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरु यतिखेर विभिन्न चुनावी प्रतिवद्धतापत्र सहित आ–आफना पक्षमा मत माग्न जनताको घरदैलोमा पुग्न थालेपछि रौतहटको चुनावी माहोल यतिखेर पुरै तातेको छ ।
क्षेत्र नं.४(ख)बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका स्व.नेता रामअज्ञा यादबको छोरा युवा नेता संजय प्रसाद यादबले पनि अहिले घरदैलो अभियानलाई तीव्र गतिमा अगाडि बढाएका छन् ।क्षेत्र नं.४(ख)बाट प्रदेश सभा सदस्यबाट स्वतन्त्र उम्मेदवारी दिएका यादवले आफना निर्वाचन क्षेत्रको बृन्दावन नगरपालिकाको वार्ड नं.८ बौहरी ,बगरजवा देखि आकपाथरसम्म बुधबार घरदैलो अभियानलाई तिब्र पारदै यस क्षेत्रलाई आफूले विकसित र समृद्ध बनाउने परिकल्पना पूरा गर्न आफूलाई विजयी गराउन आम मतदाताहरुसँग आग्रह गरेका छन ।
आफू निर्वाचित भएमा यस क्षेत्रका काम पुर्व सांसद ,बिधायकले नगरेको कामलाई आफु प्राथमिकता दिदै सम्पन्न गर्नेका लागि आफू निरन्तर लागि रहने बताउदै मतदाताहरू सम्क्ष बाचा समेत गर्नु भयो ।आजको घरदैलो कार्यक्रममा रहेको जनताको साथ र सम्र्थनले जित निश्चित हुने आंकलन गरिएको हो ।
जनताको चाहना ईन्छा अनुसार आफु उम्मेदवारी दिएका र सोहि जनता जनार्धनले आफ्नो बहुमुल्य मत रिक्शा छापमा दिएर जिताउछ भनि आशा गरेको छु प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार संजय प्रसाद यादबले बताउनु भयो ।