रमेश कुमार यादब
कार्तिक ११,रौतहट ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको लागी उम्मेदवारहरु आफ्नो मतदाताहरुलाई रिझाउनमा ब्यस्त रहेका छन ।
उम्मेदवारहरु आफ्नो पक्षमा मत दिन दिन रात लागी परेका छन ।रौतहट क्षेत्र नं.४(ख)बाट रिक्शा छापबाट स्वतन्त्र उम्मेदवारी दिएका स्व.रामअंज्ञा राय यादबको छोरा युवा नेता संजय यादबले सोहि अनुरुप आफ्नो घरदैलो तथा जनता जनार्धनको दर्शन र आर्शिवाद ग्रहण गर्नमा ब्यस्त रहेका छन ।युवाले नै देशको बिकास ,प्रगति र उन्नति गर्ने लक्ष्य लिएर आफ्नो उम्मेदवार दिएका संजय यादबले बताउनु भएको छ ।
यस पालि जनताहरुले पनि युवाहरुलाई नै जिताई बिकासको लहर ल्याउने मनस्थितीमा पुगेका छन ।आज रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको वार्ड नं.७ को सखुआवा धमौरामा जनताहरुसंग भेटघाट गर्नु भएको छ ।भेटघाटमा सखुआवा ,धमौराको स्थानियहरुले उहाँलाई निकै नै रुचाउनु भएको हो ।शुक्रबार क्षेत्र नं.४ का प्रदेशसभा सदस्य(बिधायक)पदको उम्मेदवारी दिएका यादबले जनता सचेत भइसकेको बताउँदै कसैको दबाब र प्रलोभनको भरमा भोट नदिने बताए ।
उनले भने,“जनता अब जागरुक भइसकेका छन् , कसैले दबाब र प्रलोभन देखाउँदैमा भोट पाउने दिन अब गइसक्यो,अब जनताका समस्या सुन्ने र काम गर्नेलाई नै जनताले मत दिन्छन् बताउनु भयो ।”स्वतन्त्र उम्मेदवार यादबले भने आफु निर्वाचित हुँदा आफुले उल्लेख्नीय काम गर्ने दावी गर्दै यादवले भने आफुलाई निर्वाचित गराएमा विकास निर्माणका काम गरेर रौतहटको कायापलट गर्ने बताए ।
उनले विकासको सुनौलो ढोका खोलेर रौतहटलाई व्यापारीक हबको रुपमा विकास गर्नुका साथै जनताको जीवनस्तरलाई माथि उकास्ने खालका योजना ल्याउनका लागि पनि यसपटक आफुले रिक्शा छापमा मत दिन यादबले आग्रह गरेका उद्धिद गर्दै पत्रकार पवन उपाध्यायले बताए छन ।