अमृता पासवान। कार्तिक १५।
रौतहट / रौतहट क्षेत्र नम्बर ४ (ख) का सत्ता गठबन्धन तर्फका साझा उम्मेदवार शेख सतार अहमदले घरदैलो अभियान तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरुडा नगरपालिका वडा नम्बर ८ बिर्ता,गम्हरिय,श्रीपुर र सिसवा टोलमा मंगलबार आज सम्पन्न गरेको छ ।
कार्यक्रममा रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देव प्रसाद तिमल्सिनाको प्रतिनिधिहरु र प्रदेश सभा सदस्य पदका उम्मेदवार शेख सतार अहमद ,प्रदेश सभा (ख) का प्रदेश सभा सदस्य पदकी समानुपातिक उम्मेदवार इन्द्रमाला जयस्वाल ,एकीकृत समाजवादीको जिल्ला कमिटी सदस्य तथा प्रदेश(ख) का उप संयोजक सलामोदिन दर्जी लगायत सयौं नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेकोे थियो ।
घरदैलो अभियानमा बोल्दै नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी सदस्य तथा प्रदेश(ख) का उप संयोजक सलामोदिन दर्जीले,दुई तिहाइको सरकार चलाउन नसक्ने एमाले पुनः जनताको माझ भोट माग्न आउनु लज्जास्पद भएको बताउनुभयो।त्यस्तै नेकपा एमाले नेतृत्वको गठबन्धन जनता समाजवादी पार्टी नेपालले पनि प्रदेश सरकारमा बहुमतका साथ भएपनि र उक्त क्षेत्र बाट जसपाकै प्रतिनिधि जितेपनि सो क्षेत्रको लागि त्यहाँ निर्वाचित भएका जनप्रतिनिधिले खासै केही न गरेको बताए। ठुलो अपेक्षाका साथ २०७४ सालमा एमाले लाई बहुमतका साथ जनताले सरकारमा पुर्याएर ठुलो गल्ती गरेको बताउदैं केपी वलिले जनताले दिएको मत लाई अवमूल्यन गरेको समेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य तथा मुस्लिम इतेहाद संगठन नेपालका मधेस प्रदेश कमिटीका अध्यक्ष शेख कलिमुलाहले,टिकट पाउने दौरानमा आफू पनि रहेको र अहिले आफुले टिकट नपाए पनि पार्टी र गठबन्धन लाई जिताउने जिम्मेवारी आफ्नो काधमा आएकोले कुनै पनि अलमलमा परी अभियानमा सक्रिय रूपमा लागेर गठबन्धनका सम्पुर्ण उम्मेदवारलाई जिताउन लागिपरेको बताउनुभयो ।
उनले केपि वलिले जनताले दिएको मतको कदर नगरी उल्टै अवमूल्यन गरि देशको राष्ट्रियता माथी प्रहार गरि तहसनहस गर्न खोजेकोले केपी वलि प्रवृत्तिका विरुद्ध गठनबन्धन भएको बताउनु भयो ।
त्यस्तै प्रदेश सभा सदस्यका उम्मेदवार शेख सतार अहमदले व्याक्तिगत स्वार्थका लागि गठबन्धन नभइ राष्ट्र र राष्ट्रियताको लागी भएको बताउनुभयो । प्रतिगामी चलखेलका विरुद्ध बलियो राजनीतिक मोर्चाको अहिलेका लागि आवश्यक रहेकोले संवेदनशील बनेर चुनावमा गठबन्धनका उम्मेदवार अर्थात आफुहरुलाई बिजयी गराउन केन्द्रित हुनु पर्ने धारणा व्यक्त गर्नुभयोे ।
चुनावी दौरान तथा प्रचार प्रसारको क्रममा चारैतिर जान भयाई न भ्याई भएपछी काङ्ग्रेसको तर्फका रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देव प्रसाद तिमल्सिनाले आफ्ना प्रतिनिधिहरुलाई पठाएको नेकपा एकीकृत समाजवादी को जिल्ला कमिटी सदस्य तथा प्रदेश(ख) का उप संयोजक सलामोदिन दर्जीले जानकारी गराए।