कार्तिक १६ गते, ।
रौतहट ।
रौतहट क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाल, क्षेत्र नं ३ ख का सत्ता गठबन्धनका नेपाली कांग्रेसका रौतहट जिल्ला सभापति सुनिल कुमार यादव उर्फ जितेन्द्र र क का उम्मेदवार नेकपा एसका नेता एवं वन राज्य मन्त्री नागेन्द्र यादव तिनै जना आज संयुक्त रुपमा घरदैलो कार्यक्रम गरेका छन ।
गरुडा नगरपालिकाको महम्दपुरमा स्वतन्त्र उम्मेदवार जयसवाल र क का उम्मेदवार नागेन्द्र यादव तथा ख का उम्मेदवार सुनिल यादव संगै घरदैलो कार्यक्रम गरी आ आफना पक्षमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् ।
जनताको अपार उत्साहजनक सहभागिताको बीच घरदैलो कार्यक्रम सम्पन्न भएको बताइएको छ । पछिलो समय प्रतिनिधिसभाका स्वतन्त्र उम्म्ेदवार ओम प्रकाश जयसवाल र प्रदेश सांसदका दुबै उम्मेदवार सुनिल यादव भनिने जितेन्द्र यादव र नागेन्द्र यादवको पक्षमा जनता ओर्लिन थालेका छन ।
प्रभु साहबाट पिडित क्षेत्र नं ३ का बासिन्दा यसपालि स्वतन्त्र उम्मेदवार जयसवाल र प्रदेश सांसदका उम्मेदवारहरु सुनिल र नागेन्द्रलाई बहुमत सहित जिताउने मनिस्थती बनाइसकेका छन ।
आफुहरु जनताको अत्याधिक साथ र सहयोग पाइरहेकाले आफुहरुको जित कसैले रोक्न नसक्ने जयसवालले बताए ।
जनता आफुहरुको साथ रहेकाले संघीय सांसदमा आफु र क को प्रदेश सांसदमा नागेन्द्र यादव तथा ख को प्रदेश सांसदमा कांग्रेसका सुनिल यादव विजयी प्राप्त गर्ने स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालले ठोकुवा गरेका छन् ।
जनमत आफुहरुको पक्षमा रहेको हुँदा निर्धक भएर स्वतन्त्र उम्मेदवार जयसवालको चुनाव चिन्ह माछा र प्रदेश सांसदका उम्मेदवार सुनिल यादवको चुनाव चिन्ह रुख र अर्का प्रदेश सांसदका उम्मेदवार नागेन्द्र यादवको चुनाव चिन्ह कलममा मतदान गरी विजयी बनाउन नेकपा एसका नेता एवं गरुडा नगरपालिकाका मेयर प्रत्याक्षी वृज किशोर यादवले सबैलाई आग्रह गरेका छन् ।
प्रभु साहको विकल्पको रुपमा क्षेत्र नं ३ का जनता ओम प्रकाश जयसवाललाई अगाडि बढाएका छन् । जयसवालले यसपालि जनताको आकर्षण आफुप्रति बढदै गएकोले आफुलाई चाहेर पनि कसैले पराजित गर्न नसक्ने उनले दावी गरे ।