पवन कुमार उपाध्याय
रौतहट कार्तिक १६ । निर्वाचन क्षेत्र नं.४(ख)बाट रिक्शा छाप चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता संजय यादबले घरदैलो कार्यक्रमलाई जारी राख्नु भएको छ ।
रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको वार्ड नं.४ अन्तर्गत पर्ने हरैयापल्टुवा लगायतका टोलमा जनतासम्म घरदैलोमा पुगेर यादबले रिक्शमा छापमा मतदान गर्न आग्रह गरेका छन् । घरदैलोका क्रममा जनतासँग भेटदै यादबले समाजबाट सबै किसिमका विभेदको अन्त्य गरेर समतामुलक समाज निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाली काग्रेंस पार्टीसंग आबद्ध रही धेरै लामो समयसम्म जनता र समाजको सेवामा रहि जनताकै हकहितको लागी लडदै आएका एक कुशल निडर नेता स्व.रामअंज्ञा यादबको छोरा संजय यादब रहेका छन ।उहाँले जनताको सेवामा सम्र्पित रहि अल्पआयुमय् स्वर्गबास हुनु भएको थियो ।स्व.रामअंज्ञा यादबको छोरो युवा नेता संजय यादबले नगर ,देश बिकाश साथै गरिब निमुखा जनताको पक्षमा लडने र बिकाशको लहर ल्याउने सोचले उम्मेदवारी दिएका बताउनु भयो ।
हरैयामा घरदैलौ कार्यक्रम गरि रहँदा निमुखा ,असाहाय बिपन्न तथा अपाङ्ग मानिसहरुसंग भेटघाट गरि आर्शिवाद ग्र्रहण साथै आफ्नो चुनावी चिन्ह रिक्शा छापमा मतदान गरि भारि बहुमतले जिताउन आग्रह समेत गर्नु भयो ।
रिक्शा छापबाट स्वतन्त्र उम्मेदवारी दिएका यादबले गरिबी, बेरोजगारी, भ्रष्टाचार जस्ता बेथितीको विरुद्धमा सशक्त ऐन कानुन निर्माणका लागि आवाज उठाउनुका साथै कानुनको प्रभावकारी कार्यन्वयनमा जोड दिने यादबको योजना रहेको छ । शिक्षा, स्वास्थ्य, कृषि लगायत भौतिक पूर्वाधार विकासमा सुधार र निर्माण गर्ने एजेण्डा आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।