रौतहट, कात्तिक १७ I रौतहट जिल्लामा चुनावी माहौल तातिदै गएको छ । हिन्दूहरुको महान पर्व छठको कारण सेलाएका चुनावी माहौल छठ पर्व पछि तातिदै गएको छ ।
सत्ता साझेदार दल सहितका ५ दलिए गठवन्धन र प्रतिपक्षी दल नेकपा एमालेका गठवन्धनका उम्मेदवार देखि लिएर स्वतन्त्र उम्मेदवारहरु आ आफ्नो चुनावी प्रचार प्रसार तीब्र बनाए पछि चुनावी माहौल गर्म देखिएको छ ।
उम्मेदवारहरुले आफ्नो कार्यकर्ताहरुलाई रक्सी, मासु को व्यवस्था गर्न शुरू गरेको कारण गाउँ घरमा चुनावको चर्चा शुरू भएको छ । रौतहटमा मतदाताहरुको कारण नेताहरु आर्थिक भार भोगन बाध्य समेत भएका छन । पूर्व प्रधानमन्त्री देखि पूर्व मन्त्री, राज्य मंत्री, पूर्व मेयर चुनावी प्रतिस्पर्धामा रहेका कारण चुनाव रोमान्चक हुदै गएको छ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा पाँच दलिए गठवन्धनबाट उम्मेदवार बनेका नेकपा एसका राष्ट्रिय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले क्षेत्रमा ठुल ठुला योजना, विकास निर्माणका आश्वासन बाड़दै गरेका छन् । फ्री भिसा ,फ्री टिकटको अभिव्यक्तिबाट देश भरी चर्चामा आएका अध्यक्ष नेपालले छठ पर्वका दिन गौर नगरपालिका वड़ा नम्बर ५ स्थित बारहवा तालमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बरहवा तालमा बन्दै गरेको सूर्य मंदिरको बजेट आई सकेकोले छिटै मन्दिर निर्माणको कार्य शुरू हुने आश्वासन दिएका थिए ।
तत्कालीन नेकपा एमाले २०५१ सालमा सरकारमा सहभागी हुँदा निर्णय गरेको सामाजिक सुरक्षा भत्ता कार्यक्रम आफूले गराएको भन्दै मतदाताहरुलाई रिझाउने कार्य अध्यक्ष नेपालले गर्दै आएका छन् । दुर्गा भगवती गाउपालिकाको मत्सरीमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गाउपालिकालाइ नै स्वर्ग बनाइदिने बताएका थिए । गौर चन्द्रनिगाहपुर सड़क , बागमती नदीको अधुरो पुल , शहरी विकास मंत्रालयको सघन शहरी कार्यक्रम अंतर्गत निर्माण भएको बाटो , नाला , फास्ट्रयाक , निजगढ विमान स्थलको काम आफूले नै शुरुवात गरेको भन्दै हिडिरहेका छन् ।
प्रतिपक्षमा उम्मेदवारी दिएका नेकपा एमालेका अजय कुमार गुप्ताले आत्म विस्वासका साथ चुनावी मैदानमा रहेका छन । गुप्ताले क्षेत्रका जनताको सेवक बनेर सेवा गर्ने प्रतिबद्धता जनाउँदै मतदातालाइ आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन । निर्वाचन क्षेत्र नम्बर २ मा गठवन्धन बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेपाली कांग्रेसका मोहमद फिरदोस आलमले कारागारमा बंदी जीवन विताई रहेका पूर्व मंत्री मोहमद आफताव आलमको तस्वीरको आधारमा मत मांगने गरेको देखिएको छ ।
निर्वाचन आयोग नेपालले प्रतिबन्ध लगाएको बहुरंगी फ्लयास पोस्टरमा एक तरपÞm आलमको फोटो राखेर चुनावी प्रचार प्रसार गर्ने गरेको देखिएको छ । जिउदो मान्छेलाइ ईटा भट्टामा जलाएर हत्या गराएको अभियोगमा पूर्व मंत्री आलम कारागारमा रहेका छ्न । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका पूर्व मंत्री प्रभु साहले क्षेत्रमा गरेको विकासको आधारमा मत मांगने गरेको छन् । त्यों क्षेत्रमा दलिए उम्मेदवार भन्दा भरी बलियो स्वतन्त्र उम्मेदवार रहेका छन् ।