रौतहट, कार्तिक १७ गते । रौतहट जिल्लामा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारहरुले निर्वाचनमा जित आफ्नो पक्षमा पार्न घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका ओमप्रकाश जैसवालले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन्।
जैसवालले निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने कटहरिया नगरपालिकाको वडा नम्बर १ मा पर्ने भसेढ्वा,झौवा र बरेडवामा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन्।
सत्ता गठबन्धन भित्रका दलहरुले स्वतन्त्र उम्मेदवार जैसवाललाई खुलेरै सघाए पछि यो क्षेत्रमा चुनावी महौल तातिएको हो।
एमालेको टिकट अस्विकार गरि स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनका नेतृत्वले सघाए पनि जिल्लाको नेतृत्वले पत्याएको छैन।
रौतहट ३ क मा सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीबाट निवर्तमान प्रदेश सांसद एवं मन्त्री समेत रहेका नागेन्द्र यादव र प्रदेश सभा ख मा नेपाली काङ्ग्रेसका जिल्ला सभापति जितेन्द्र यादवले प्रदेश सभाका लागि उम्मेदवारी दिएका छन्।
सत्ता गठबन्धनबाट प्रदेश सभामा उठेका उम्मेदवार एवं चुनाव नलडेका नेताहरूले संयुक्तरुपमा स्वतन्त्र उम्मेदवार जैसवालसँग खुलेर घरदैलो कार्यक्रम गरिरहेका छन्।
स्थानीयवासीले रौतहट ३ लाई समृद्ध बनाउने गरी काम गर्न उम्मेदवारलाई सुझाव दिएका छन् । विगत ३ कार्यकाल देखि पूर्व मन्त्री साहको नेतृत्वबाट आजित भइसकेका यहाँका जनताहरुले आफूलाई जिताउने जैसवालको दाबी छ।