बालपोषण भता नपाएको भन्दै वृन्दावनमा ७ मा स्थानीयले गरे वडा कार्यालयमा तालाबन्दी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक १७, बिहिबार (३ साल अघि)
  • ४ पटक पढिएको
बालपोषण भता नपाएको भन्दै वृन्दावनमा ७ मा स्थानीयले गरे वडा कार्यालयमा तालाबन्दी

कार्तिक १७ गते । रौतहट

रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा तालबन्दी भएको छ। बालबालिकाहरुले पाउने बालपोषण भता बिगत दुई वर्ष देखी न पाएको भन्दै,त्यहाँका अविभावकहरुले विभिन्न नारावाजी र प्रदर्शन गर्दै सो वडा कार्यालयमा तालाबन्दी गरेका छन्।

त्यस्तै यस आर्थिक वर्षको चार महिनाको सामाजिक सुरक्षा भत्ता पनि नपाएको भन्दै जेष्ठ नागरिकहरु पनि आक्रोशित हुँदै तालाबन्दीमा सामिल भएका छन्।

वडामा रहेका बालबालिका र वृद्धहरुले भत्ता नपाएको र त्यसबारे अहिलेसम्म मेयर र वडा अध्यक्ष बेखबर रहेको भन्दै तालाबन्दी गरिएको त्यहाँ कि एकजना महिला मिना चौधरीले बताइन। उनले विगत दुई वर्षको बालपोषण भता र यस आर्थिक वर्षको चार महिनाको सामाजिक सुरक्षा (वृद्ध)भत्ता नदिएको बताइन।

त्यस्तै एकजना वृद्धका अनुसार छठ जस्तो पर्वको बेलामा आस दिएर सबैको नागरिक्ता र चेक बुक लिएर पनि वृद्ध भता बाड्न न सक्ने मेयर र वडा अध्यक्ष असक्षम जनप्रतिनिधि प्रमाणित भइरहेको बताए। यस विषयमा हामि बुझ्न खोज्दा वडा अध्यक्षको फोन सम्पर्क हुन सकेको छैन्।

सोही विषयलाई लिएर पर्दर्शनकारीहरुले,धमौरा चौकमा रहेको सो वडा कार्यालयमा ढुंगा मुडा तथा तोरफोरको संगै, करिब २ घण्टा सम्म चक्का जाम पनि गरेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस