घुससहित प्रहरी चौधरी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक १८, शुक्रबार (३ साल अघि)
  • ६ पटक पढिएको
घुससहित प्रहरी चौधरी पक्राउ

रौतहट, कार्तिक १८ I धनुषामा घुससहित प्रहरी पक्राउ परेका छन् ।

विहीबार नगराइन नगरपालिका जटहीस्थितबाट चार हजार रुपैयाँ घुस रकमसहित वरिष्ठ प्रहरी नायव निरीक्षक देवकीलाल चौधरी पक्राउ परेका छन् ।

उनीहरु सीमा प्रहरी चौकी जटहीमै कार्यरत थिए । उनलाई अख्तिार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले नगराइन नगरपालिका वडा नम्बर २ जटहीस्थित विनायक इन्टरप्राइजेज मदिरा पसलबाट पक्राउ गरेको थियो । चौधरीले सेवाग्राहीसंग चाहजार रुपैयाँ घुस लिइरहेको बखत पक्राउ गरिएको अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ । घटनास्थलमा मुचुल्कासहित अन्य अनुसन्धानको काम भइरहेको जनाएको छ ।

यद्दपी उनले कुन प्रयोजनको लागि घुस रकम माग गरेका भने खुलेको छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस