रौशन चौधरी ।
कार्तिक १८ गते, रौतहट ।
रौतहट क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाल, सत्ता गठबन्धनका क्षेत्र नं ३ (क) का उम्मेदवार नेकपा एसका नेता एवं वन राज्य मन्त्री नागेन्द्र यादव र क्षेत्र नं ३ (ख) का उम्मेदवार नेपाली कांग्रेसका रौतहट जिल्ला सभापति सुनिल कुमार यादव भन्ने जितेन्द्र तिनै जना संगै घरदैलो कार्यक्रमलाई अहिले तिव्रता दिरहेका छन् ।
सत्ता गठबन्धनले क्षेत्र नं ३ का प्रतिनिधिसभा उम्मेदवारको रुपमा प्रभु साहलाई समर्थन गर्न सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका प्रतिनिसिधसभाका उम्मेदवार धिरज पटेल, कांग्रेसका प्रदेश सांसदका उम्मेदवार जितेन्द्र यादव र अर्का उम्मेदवार नेकपा एसका नागेन्द्र यादवलाई निर्देशन दिसकेका छन् तर धिरजले सो निर्देशनलाई अवज्ञा गर्दै साहलाई समर्थन नगर्री आफनै उम्मेदवारीलाई निरन्तर्ता दिरहेका छन भने प्रदेश सांसदका दुबै उम्मेदवार सुनिल यादव र नागेन्द्र यादव समेत साहलाई समर्थन नगरी स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाललाई नै साथ दिएका छन् ।
स्वतन्त्र उम्मेदवार जयसवाल संगै कांग्रेस नेता सुनिल यादव र नेकपा एसका नेता नागेन्द्र यादव मत माग्दै जनताको घरदैलोमा पुगिरहेका छन् ।
गठबन्धनको निर्देशन अनुसार प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार प्रभु साहको पक्षमा मत माग्नुपर्नेमा उनिहरु अर्का प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार जयसवालको पक्षमा खुलेर मत मागिरहेका छन् ।
निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा जयसवाल र प्रदेश सांसदमा आफुहरु नै निर्वाचित हुने प्रदेश सांसदका उम्मेदवार सुनिल कुमार यादव उर्फ जितेन्द्रले बताएका छन् ।
संघीय सांसदमा ओम प्रकाश जयसवाल र क को प्रदेश सांसदमा राज्य मन्त्री नागेन्द्र यादव तथा ख को प्रदेश सांसदमा आफनो जित चाहेर पनि कसैले रोक्न नसक्ने प्रदेश सांसदका उम्मेदवार सुनिल यादवले ठोकुवा गरे ।
आफुहरुको पक्षमा गठबन्धनका सबै दल र गठबन्धन बाहिरका पनि दलको ठुलो साथ र सहयोग रहेकोले तिनै जनाको जित सुनिश्चित नै रहेको उनले दावी गरे ।
घरदैलोको क्रममा उनले प्रतिनिधिसभामा जयसवाल र क को प्रदेश सांसदमा नागेन्द्र यादव तथा ख को प्रदेश सांसदमा आफुलाई निर्वाचित गराउन आम मतदातालाई आग्रह गरेका छन् ।
तिनै जना उम्मेदवारहरू चुनावी एजेण्डा सहित मतदाता भेटघाटका लागि गाउँगाउँमा अहिले पुगिरहेका छन् । महत्वाकांक्षी योजना सुनाउँदै उनिहरु मतदाता रिझाउन यतिखेर निकै व्यस्त रहेको देखिन्छ ।