बिमलेश कुमार झा
१९ कात्तिक,रौतहट । रौतहटको क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका ओमप्रकाश जैसवालले गठबन्धनका साझा उम्मेदवारहरु सँग घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
जैसवालले स्वतन्त्र उम्मेदवारी दिए पनि गठबन्धनको स्थितिलाई मुल्यांकन गर्दै स्थानीय नेताहरुले स्वतन्त्र उम्मेदवार जैसवाललाई समर्थन गर्ने भएको छ।
रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवाल,गठबन्धनका तर्फबाट ३(क) बाट प्रदेशसभा सदस्य उम्मेदवार नागेन्द्र यादव र ३(ख) बाट जितेन्द्र यादवले फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर १,२ र ३ मा घरदैलो गरेका छन् ।
घरदैलोका क्रममा नेपाली काङ्ग्रेसका रौतहट सभापति एवं ३ ख का प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका जितेन्द्र यादवले स्वतन्त्र उम्मेदवार जैसवाललाई विजयी बनाउन आग्रह गरेका छन् ।
प्रदेशसभा सदस्य उम्मेदवार नागेन्द्र यादवले रौतहट ३ (क) को सापेक्ष विकासका लागि स्वतन्त्र उम्मेदवार जैसवालको जीत अपरिहार्य भएको बताए ।
रौतहटको ठूलो उद्योगपतिको रुपमा चिनिने जैसवालले सयौं भन्दा बढीलाई रोजगारी सुनिश्चित गरेका छन्। जैसवालले जिते क्षेत्र ३ को संभावित बेरोजगारी नै अन्तय हुने स्थानीयहरुको जनविश्वास छ।
क्षेत्र नम्बर ३ को बेरोजगारीलाई अन्तय गर्ने प्रतिबद्धता जनाउँदै जैसवाल आफुलाई मत दिएर मतदाताले जिताउने विश्वस्त छन्।