कार्तिक १९ गते ।
रौतहट ।
नेपाली कांग्रेस मधेश प्रदेशका सूचना, सञ्चार तथा प्रचारप्रसार विभाग सदस्य एमडी सनमले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र १ (ख) मा दुई उम्मेदवारका बीच मात्र प्रतिस्पर्धा हुने बताएका छन ।
यहाँ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादव र नेकपा एमाले–जसपा गठबन्धनको तर्फका उम्मेदवार जसपाका केन्द्रिय सदस्य एवं मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवबीच मात्र प्रतिस्पर्धा हुने उनले बताए ।
रौतहट स्थित शनिवार सञ्चारकर्मीसंग विशेष कुराकानी गर्दै कांग्रेस नेता सनमले राज्य मन्त्री योगेन्द्र यादव र कांग्रेसका प्रदेश सभापति कृष्ण यादव दुबै जना आगामी मुख्यमन्त्रीको दाबेदारी गरेका कारण आम मतदाताको ध्यान यीनै दुबै जना उम्मेदवार तर्फ मात्र केन्द्रित भएको बताए ।
सोही क्षेत्रबाट प्रदेश सांसदका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका राजेश चौधरीसंग जनमत नभएकोले उनको पराजय निश्चित नै रहेको उनले बताए ।
चौधरी ठुलो मिटर ब्याजी रहेको र धेरै गरिवको घर जग्गा आफना नाममा गराई उठिबास लगाएकोले आम मतदाता उनको हराउ अभियानमा रहेकोले चौधरी अहिले नै पराजित भइसकेको उनले बताए ।
गरिव माथी अत्याचार गर्ने स्वतन्त्र उम्मेदवार राजेश चौधरीमाथी जनता आक्रोसित रहेको र उनको विपक्षमा खुलेर नै लागेकोले उनको पराजय निश्चित नै रहेकोले आउँदो निर्वाचनमा चौधरीलाई आफना अमुल्य मत दिएर खेर नफाल्न उनले सबैलाई आग्रह गरे ।
चौधरीप्रति जनता उत्सुक नरहेकोले आउँदो निर्वाचनमा योगेन्द्र र कष्णबीच नै महाभिडन्त हुने उनले बताए । कांग्रेसका कृष्ण प्रसाद यादव जितेर मुख्यमन्त्री बन्ने भएकोले आउँदो निर्वाचनमा रुख चिन्हमा मतदान गरी सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका कृष्ण प्रसाद यादवलाई अत्याधिक मतका साथ विजयी बनाउन नेता एमडी सनमले सबैलाई आग्रह गरेका छन ।
आफनै क्षेत्रको उम्मेदवार मुख्यमन्त्री बने झन राम्रो हुने भन्दै आम मतदाता कृष्णलाई जिताउन निकै उत्साहित रहेको उनले बताए ।