रौतहट, कार्तिक २० I रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको बिभिन्न वार्डमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओमप्रकाश जैसवालले आफ्नो घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन ।
चुनाव आउन १४ दिन बाँकी रहेको हुदा उम्मेदवारहरुलाई मतदाताहरुलाई रिझाउन दिनरात घरदैलो कार्यक्रमलाई निरन्तरता दिदैँ यति खेर मत माग्न उम्मेदवारहरुलाई भ्याईनभ्याई भएको छ ।रौतहट क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओमप्रकाश जैसवालसंगै गठबन्धनका तर्फबाट ३(क) बाट प्रदेशसभा सदस्य उम्मेदवार नागेन्द्र यादव र ३(ख) बाट जितेन्द्र यादवले फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर ४,५,६ र ७ को टेंग्राहा ,पेटभरवा ,रामदासि र फतुवा बिजयपुर गाउँमा घरदैलो गरेका छन् ।
घरदैलोका क्रममा नेपाली काङ्ग्रेसका रौतहट सभापति एवं ३ ख का प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका जितेन्द्र यादवले स्वतन्त्र उम्मेदवार जैसवालको चुनाव चिन्ह माछा छापमा आफ्नो बहुमुल्य मत दिई विजयी बनाउन मतदातासंग आग्रह गरेका छन् ।
क्षेत्र नं.३ का अर्का प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार प्रभु साह र ओमप्रकाश जैसवाल बिच चुनावी घम्साघमसि देखिएको छ ।यस पालि आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा जैसवाल र प्रदेश सांसदमा आफुहरु नै निर्वाचित हुने प्रदेश सांसदका उम्मेदवार सुनिल कुमार यादव उर्फ जितेन्द्रले बताएका छन् ।संघीय सांसदमा ओम प्रकाश जैसवाल र (क) को प्रदेश सांसदमा राज्य मन्त्री नागेन्द्र यादव तथा (ख) को प्रदेश सांसदमा आफनो जित चाहेर पनि कसैले रोक्न नसक्ने प्रदेश सांसदका उम्मेदवार सुनिल यादवले ठोकुवा गरेका छन ।
आफुहरुको पक्षमा गठबन्धनका सबै दल र गठबन्धन बाहिरका पनि दलको ठुलो साथ र सहयोग रहेकोले तिनै जनाको जित सुनिश्चित नै रहेको उनले दावी गरे ।फतुवा बिजयपुरको मतदाताहरुले हर्षोउल्लासका साथ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई भब्य स्वागत गरेका थिए ।
मंसिर ४ गते हुने प्रदेश एवम् प्रतिनिधि सभा सदस्यको निर्वाचनमा आफुहरुलाई माछा छाप ,गाछी छाप र कलम छापमा मतदान गरेर निर्वाचित गराउन उनीहरु म्तदाताहरुसंग अपिल गरेका हुन् ।फतुवा बिजयपुरका मतदाताहरुले पनि प्रतिनिधिसभामा जैसवाल र क को प्रदेश सांसदमा नागेन्द्र यादव तथा ख को प्रदेश सांसद जनप्रिय एवम् विकासप्रेमी नेता भएको बताउँदै उनलाई नै मत दिने प्रतिक्रिया दिएका छन् ।