ओमप्रकाश यादव ।
कार्तिक २३ गते ।
रौतहट क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका स्वतंत्र उम्मेदवार ओम प्रकाश जयसवालले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन्।
क्षेत्र नं ३ का आम मतदाता येशपाली परिवर्तन खोजेकोले आफ्नो जीत कसैले रोक्न नसक्ने उम्मेदवार जयसवाल ठोकुवा गरेका छन्।
क्षेत्र नं ३ को फतुव विजयपुर नगरपालिकाको राँगीगर्जामा आज घरदैलो गर्ने क्रममा पत्रकारहरु संग कुराकानी गर्दै उम्मेदवार जयसवालले जनमत आफ्नो पक्षमा रहेकोले आफ्नो जीत चाहेर पनि कसैले रोक्न नसक्ने बताएका छन्।
हत्या, हिंसा, आतंक, बाट मुक्त गराउन जनता आफूलाई अघि सारेको र जनताको आफूप्रति ठूलो साथ सहयोग र समर्थन रहेकोले आफू जित्नेमा पूर्ण रूपमा विश्वस्त रहेको उनले बताए ।
यश अघि सांसदमा निर्वाचित पूर्व मन्त्री प्रभु साहले विकाशको नाममा ठूलो भ्रस्टाचार गरी अकुत सम्पति आर्जन गरेको र जनतालाई आफ्ना निहित स्वार्थका लागि झूठो मुद्दामा फसाउने देखि लिएर विभिन्न दुःख कष्ट दिएकोले साहको विकल्पको रुपमा जनता आफूलाई रोजेको उनले बताए ।
साहले आफ्नो गाउँ मौलापुर बाहेक कतै विकास नगरेको र विकाशको झूठो ढोल पिटेर पटक पटक जनतालाई ठग्ने काम गरेकोले जनता यश्पाली सचेत तथा जागरुक भई प्रतिनिधिसभामा आफूलाई जिताउन आतुर रहेको उनले बताए ।
आफूलाई सत्ता गठबन्धनको समेत ठूलो साथ र सहयोग रहेकोले आफू बहुमत सहित निर्वाचित हुने उम्मेदवार ओम प्रकाशले ठोकुवा गरेका छन्।
आफ्नो जीत सुनिश्चित रहेकोले कसैको धाक, धम्की र प्रलोभनमा नपरी माछा छापमा मोहर लगाई आफूलाई बहुमत सहित निर्वाचित गराउन उनले सबैलाई आग्रह गरे ।