कार्तिक २३ गते ।
मत दिन अस्वीकार गर्दा रौतहटमा पुर्व मन्त्री प्रभु साहका कार्यकर्ताहरु पिडित परिवार स्वर्गीय शिक्षक सुनिल यादवको परिवारमाथी हमला गरेको तथ्य बाहिर आएको छ ।
देवाही गोनाही नगरपालिका ९ धरहरी निवासी स्वर्गीय सुनिल यादवका परिवार साहबाट पिडित छन । रौतहट क्षेत्र नं ३ का संघीय सांसदका स्वतन्त्र उम्मेदवार समेत रहेका प्रभु साहले नै सुनियोजित रुपमा शिक्षक सुनिल यादवको गोली हानी हत्या गराएको भनी यादवको परिवारले आरोप लगाउँदै आएक छन । सोही कारण यादवका परिवार साहमाथी आक्रोसित रहदै आएका छन ।
उम्मेदवार साहका श्रीमति रिना देवी साह सहित उनका अन्य नेता कार्यकर्ताहरु आज साहको पक्षमा मत माग्न पिडित परिवार यादवको घरमा पुगेका थिए ।
यादवको घरमा साहको मत माग्न पुगेका उनकी श्रिमति रिना देवी सहित उनका समर्थहरुलाई स्वर्गीय शिक्षक यादवको घर परिवारका सदस्यहरुले हत्यारा प्रभु साहलाई आफुहरु कुनै हालतमा मत नदिने भन्दै धपाएका थिए ।
त्यसपछि साह पक्षका नेता कार्यकर्ताहरुलाई बदजबरजस्ती प्रभु साहलाई किन मत नदिने, साहलाई मत दिनैपर्छ भनी धाक धम्की दिदै यादवको परिवारका केही सदस्यहरुमाथी हातापत गरेको पिडित परिवारको भनाई छ ।
गुण्डा शैलीमा साहका कार्यकर्ता मत माग्न आएको र मत नदिने भनेपछि उल्टै कुटपिट गरेको पिडित परिवारका सदस्यहरुले बताएका छन् ।
सो क्रममा दुुतर्फि झडप हुँदा यादव पक्षका केही व्यक्ति घाइते भएका छन । यस सन्दर्भमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी बरुण बहादुर सिंहसंग सोध्दा घटनास्थलमा प्रहरी गएकोले अहिले केही भन्न नसकिने बताए ।