रौतहट, कार्तिक २३ । रौतहट प्रहरीले निर्वाचन प्रचारप्रसार सामग्रि हटाउन शुरु गरेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि विभिन्न दलहरुले निर्वाचन अचारसंहिता विपरीत सार्वजनिक स्थानहरुमा टाँसेको निर्वाचन चिन्ह, ब्यानर, पोस्टर, पर्चा, पम्पलेट लगाएतका प्रचार सामग्रि प्रहरीले हटाउने अभियान शुरु गरेको छ ।
प्रहरीले प्रचारप्रसार सामग्रि हटाउने सञ्चालन गरेको अभियान अन्तर्गत जिल्लाको विभिन्न ठाउँको सार्वजनिक स्थान, उद्यान, सार्वजनिक सडकका पोल तथा सार्वजनिक स्थानमा रहेका दलका झण्डा, उम्मेदवारको निर्वाचन चिन्ह, ब्यानर र पोस्टरहरु हटाएको जनाएको छ ।
निर्वाचन आचारसंहिता विपरीत दलका उम्मेदवारहरुले जथाभावी रुपमा सार्वजनिक स्थानहरुमा टाँसेको पर्चा, पम्लेट, पोस्टर तथा ब्यानर प्रहरी लगाएर हटाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला निर्वाचन अचारसंहिता अनुगमन समितिको निर्देशनमा निर्वाचन आचारसंहिताको पालना गराउने उद्देश्यले आ–आफ्नो वडा एरियामा खटीएको प्रहरी टोलीद्धारा उक्त प्रचार सामग्रि हटाउने अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक डिएसपी सुनिल मल्लले जानकारी दिएका छन् ।