कार्तिक । २४ गते ।
नेपाली कांग्रेसका मधेश प्रदेश सभापति एवं रौतहट क्षेत्र नं १ (ख) का उम्मेदवार कृष्ण प्रसाद यादवले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन्।
सत्ता गठबन्धनको तर्फबाट कांग्रेसबाट प्रदेश सांसदका उम्मेदवार रहेका यादवले जनमत आफ्नो पक्षमा रहेकोले आफ्नो जीत कसैले रोक्न नसक्ने बताएका छन्।
आगामी मुख्यमन्त्रीका दावेदार समेत रहेका यादवले जनताको रुझान् दिनप्रति दिन आफ्ना तर्फ बढ्दै गइरहेको र आफू मुख्यमन्त्रीका दावेदार समेत रहेका हुनाले जनताले आफूलाई मत दिन आतुर रहेको दाबी गरे ।
अन्य उम्मेदवार भन्दा आफू सबभन्दा बलियो उम्मेदवार रहेका कारण कसैको कुनै प्रकारको प्रलोभनमा नपरी रुख छापमा मतदान गरी आफूलाई बहुमत सहित निर्वाचित गराउन उनले सबैलाई आग्रह गरेका हुन्।
आफू सत्ता गठबन्धनको उम्मेदवार भएको हुनाले पाँच दलीय गठबन्धनको ठूलो साथ सहयोग रहेकोले पाँच दलीय गठबन्धनको सामुने कोही टिक्न नसक्ने उनले बताए ।
जनता यश्पाली परिवर्तन खोजेकोले आफ्नो जीत निश्चित नै हुने उनले बताए।